२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्यो पेट्रोल र डिजेलको मूल्य, कतिमा हुँदै छ कारोबार?

२०८०, १५ मंसिर शुक्रबार ०६:३०

मङ्सिर १५, काठमाडौँ | नेपाल आयल निगमले इन्धनको भाउ केही घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ घटाइएको हो ।

निगम संचालक समितिले समायोजन गरेको नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल-मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्ने भएको हो । स्वचालित प्रणाली बमोजिम यसरी घटाएर समायोजन गरिएको नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू भएको हो ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर, निगमले ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत् राखेको जनाएको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँमा विक्री भईरहेको छ ।

यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्ति मार्फत जानकारी दिएका छन । बल्ल लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने