९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार किन बढिरहेको छ सुनको मूल्य?

१७ मंसिर २०८०, आईतवार ०८:१७

मङ्सिर १७, काठमाडौँ | कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ। आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्। ‘सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारकै प्रभाव हुन्छ। हामीले यहाँबाट केही गर्दैनौँ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले भने, ‘अहिले ह्वात्तै बढ्नुको एक मात्र कारण त इजरायल–हमास युद्ध हो।’

महासङ्घकै महासचिव धर्मसुन्दर बज्राचार्य पनि शाक्यको धारणासँग सहमत छन्। ‘अहिले इजरायल–हमास युद्धकै प्रभावले मूल्य बढेको हो,’ उनले भने,‘अर्कोतर्फ विश्व बजारमा बढ्दै गएको आर्थिक मन्दीले पनि सुनको अन्तर्राष्ट्रिय मूल्यमा प्रभाव पारिरहेको छ।’ बज्राचार्यले बजारमा मन्दी चलिरहँदा लगानीकर्ताहरूले व्यवसायी लगानीमा, सेयर बजारमा लगानी गर्न नचाहेर सुनमा लगानी गर्न थालिरहेका छन्। ‘सुन तुलनात्मक रुपमा सुरक्षित र विश्वभर सर्वस्वीकार्य सम्पत्तिको रुपमा रहेकाले धेरैले सुन किनेर राख्न थालेको बताइन्छ। यसरी एकै पटक सुनको माग बढेपछि पनि सुन महँगिएको हो,’ बज्राचार्यले भने।

नेपाली बजारमा सुनको मूल्यश्रृंखला उछाल मार्न थालेको कोभिड–१९ को महामारी देखि नै हो। २०७६ सालको साउनमा प्रतितोला ६८ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भइरहेको थियो। त्यसपछि कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अहिले आएर हमास–इजरायल युद्धको प्रभावले चार वर्षमै सुनको मूल्य दोब्बर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या