२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ खर्बको वस्तु आयात हुँदा निर्यात ६३ अर्बमात्रै, देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

९ पुष २०८०, सोमबार ०९:२६

पुस ९, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तासम्म (५ महिना) मा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख  छ।

जसमध्ये कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४  हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ।

जसअनुसार देशको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९  हजार रहेको छ। गत वर्षको सोही अवधिमा ७  खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।


जसमध्ये ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको थियो भने  ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको आयात भएको थियो। सो वर्ष देशको व्यापार घाटा  ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो।

जसअनुसार गत वर्षकोभन्दा चालु वर्ष आयात निर्यात दुवै घटेको पाइएको छ। गत वर्षकोभन्दा यस वर्ष ३.३९ प्रतिशतले आयात घटेको छ भने ६.०९ प्रतिशतले निर्यात घटेको हो।

१ खर्ब २८ अर्ब बढि पेट्रोलमा बाहिरियो

चालु आर्थिक वर्षको पााँच महिनामा सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोलियम पदार्थ मात्रै १ खर्ब २८ अर्ब ६३ करोड २४ लाख ७४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।

यस्तै ६६ अर्ब ५९ करोड ३२ लाख ८० हजार रुपैयाँको फलाम आयात भएको छ। ३९ अर्ब ४२ करोड ४२ लाख ४६ हजार रुपैयाँका बोइल मेशिन आयात भएको छ। ४५ अर्ब २४ करोड  बराबरको मेहिनरी पार्टस् आयात भएको छ। ५ अर्ब ९३ करोड ९८ लाख ९ हजार रुपैयाँको आलमोनियम आयात भएको छ। १ अर्ब ६४ करोड ४५ लाख २५ हजार रुपैयाँको जस्तापाता आयात भएको छ।

२४ अर्ब बढी बाहिरियो तरकारी र फलफूलमा 

२४ अर्ब ३५ करोड ४१ लाख ४४ हजार रुपैयाँ फलफूल र तरकारीमा बाहिरीएको विभागले जनाएको छ।

१४ अर्ब ९७ करोड  ६६ लाख ७३ हजार रुपैयाँको तरकारी आयात भएको छ। ९ अर्ब ३१ लाख ६ हजार रुपैयाँको फलफूल आयात भएको छ। ४ अर्ब  ७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको चियाकफी आयात भएको छ। 

७ अर्बको पलाम निर्यात

७ अर्ब १७ करोड ६९ लाख ९१ हजार रुपैयाँको फलाम निर्यात भएको छ। ५ अर्ब ९७ करोड ४० लाख ७७ हजार रुपैयाँको चिया कफी निर्यात भएको छ। ४ अर्ब ९० करोड ५७ लाख ५९ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ