दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका ला"/>
२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिले निर्यात अहिले आयातको बाटोमा कर्नाली

२०७३, ३० आश्विन आईतवार ०८:०१

दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका लागी एकतावद्ध हुन यो दिवस प्रत्येक बर्ष मनाइने गरिन्छ । नेपाल जस्ता विकाशोत्मुख देशमा खाध्य सुरक्षाको लागि विभिन्न दातृ निकायहरुले विबिध कार्यक्रमहरु संचालन गरेको पाइन्छ ।

तर जलवायू परिवर्तन, बढ्दो जनसंख्या, र खाध्य उत्पादनमा युवाहरुको उदानशिलताका कारण खाध्य संटक ब्यापक बढेको पाईन्छ । तै पनि नेपाल सरकार अन्य संघसंस्था र दातृ निकायहरुले यसको निराकरण र प्रबर्धनको लागि विबिध कार्यक्रम गर्दै आइरहेका छन् । यसै क्रममा कालिकोट लगायत कर्नाली क्षेत्रमा खाध्य संकटको अवस्था के छ ? यसको सुरक्षाको लागि सम्बन्धित सरोकारवालाहरुबाट के पहल भैरहेको छ ? र अब के गर्न आवश्यक छ ? भन्ने बिषयमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष एवं कर्नाली कृषि तथा खाध्य सरोकार समुहका संयोजक कालि बहादुर मल्लले विगत बाहिसे चौविसे राज्यमा चामल, कोदो, फापर, जस्ता रैथानेबाली उत्पादन गरी खाध्य निर्यात गर्ने कर्नाली अहिले आयातमुखी भएको बताउदै यसलाई निराकरण गर्न कर्नालीमा कृषि विश्वविद्यालयको स्थापना गरी युवाहरुलाई आधुनिक र ब्यवशायिक कृषि प्रणालीमा जागृत गराउन आवश्यक रहेको बताउनु भएको छ । 

जलवायू परिवर्तन हुँदैछ अव खाधान्न र कृषीलाई पनि परिवर्तन गरौँ भन्ने मुल नाराका साथ यो बर्ष मनाईने विश्व खाध्य सुरक्षा दिवस लाई सार्थक बनाउन अहिलेको कृषी प्रणालीलाई जलवायू परिवर्तन अनुकुल वनाउदै उत्पादनमुखी र ब्यवसाहिकृत गराउन आवश्यक रहेको र यसका लागि जिल्ला कृषि विकास कार्यालयबाट कृषि पाठशाला, प्रदर्शनी, साना सिचाई कृषि जागरण जस्ता खाध्य सुरक्षा सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिएको निमित्त कार्यालय प्रमुख कल बहादुर शाहीले बताउनु भएको छ । 

कृषिप्रधान देश भनेर चिनिने नेपालमा अझै ६० प्रतिशत भन्दा जनसंख्या कृषिमा प्रत्यक्ष संलग्न छन् । तर आजभोली माटोसँगको धुलाम्मे फोहारी पेशा र दुख्ख पाइने पेशाकारुपमा नयाँ पुस्ताहरुले ब्याख्या गरिएको पाइन्छ । अब यसलाई सहि सार्थक बनाउने हो भने कृषीमा क्रान्ती ल्याउन जरुरी रहेकाले कृषीलाई सरल पेशा नबनाई यसलाई उधोगका रुपमा परिभाषित गर्न जरुरी रहेको कर्नाली जडिबुटी उत्पादक सहकारीका अध्यक्ष अजय गिरी बताउनु हुन्छ । 

यस्तै सन् १९६० को दशकमा नेपाल चामल निर्यात गर्ने विश्वको छैठौ देशको सुचिमा रहेको तर अहिले चामल आयात गर्ने देशको सुचिमा रहेको बताउदै यसको खास कारण नेपालीहरु वैदेशीक रोजगार प्रति आकर्षित हुनु, उर्जाशिल खेतबारी बाँझो रहनु र नयाँ आधुनिक खेती प्रणालीको विकास नहुनु जस्ता थुपै्र कारण रहेको सादा नेपालका अध्यक्ष अशोक नाथ योगीले फेसबुक म्यासेज मार्फत जानकारी दिनु भएको छ । यस्तै खाध्य सुरक्षा अभियानलाई सार्थक बनाउन उच्च शिक्षामा मात्र कृषि पाठशाला नराखी स्कुल स्तरमा समेत पाठ्यक्रममा कृषी कार्य, औजार र प्रविधिका बारेमा विषय बस्तु समाबेश गराई नयाँ पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान वढाउन आजको आवश्यकता रहेको बडिमालीका उमावि रास्कोटका प्राचार्य मनिराज बरालले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

यसैगरी एमालेका नेता चित्रसिंह गाउले खाद्धान्नमा आत्मनिर्भर वन्न नसकेका सिंगो कर्नाली क्षेत्र आफ्नै उत्पादनमा आत्मनिरभर बन्न सक्ने नीति कार्यक्रम तय गर्न समृद्धीका भाषण होइन सिंहदरवारबाट बन्ने कर्नाली समृद्धीको योजना भूगोल र जनजीवनको अध्ययन वाट बन्न आवश्यक रहेको र स्थानीय अर्गानिक उत्पादनलाई प्रोत्साहन गरी परम्परागत निर्वाहमूखी कृषि प्रणाली तथा आधुनिक कृषि प्रणाली बाट होइन अव नेपालको जलवायु अनुकुलित कृषि प्रणाली मार्फत कर्नालीको समृद्धि खोज्न आजको आवश्यकता रहेको फेसबुक स्टाटस मार्फत आफ्नो धारणा राख्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?