दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका ला"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिले निर्यात अहिले आयातको बाटोमा कर्नाली

३० आश्विन २०७३, आईतवार ०८:०१

दलसिंह गिरी | असोज ३०, कालिकोट | आज विश्व खाध्य सुरक्षा दिवस नेपाल लगायत विश्वभर विबिध कार्यक्रम गरी मनाइन्छ । विश्वभरी खाधान्न संकट र भोकमरिको विरुद्ध लड्नका लागी एकतावद्ध हुन यो दिवस प्रत्येक बर्ष मनाइने गरिन्छ । नेपाल जस्ता विकाशोत्मुख देशमा खाध्य सुरक्षाको लागि विभिन्न दातृ निकायहरुले विबिध कार्यक्रमहरु संचालन गरेको पाइन्छ ।

तर जलवायू परिवर्तन, बढ्दो जनसंख्या, र खाध्य उत्पादनमा युवाहरुको उदानशिलताका कारण खाध्य संटक ब्यापक बढेको पाईन्छ । तै पनि नेपाल सरकार अन्य संघसंस्था र दातृ निकायहरुले यसको निराकरण र प्रबर्धनको लागि विबिध कार्यक्रम गर्दै आइरहेका छन् । यसै क्रममा कालिकोट लगायत कर्नाली क्षेत्रमा खाध्य संकटको अवस्था के छ ? यसको सुरक्षाको लागि सम्बन्धित सरोकारवालाहरुबाट के पहल भैरहेको छ ? र अब के गर्न आवश्यक छ ? भन्ने बिषयमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष एवं कर्नाली कृषि तथा खाध्य सरोकार समुहका संयोजक कालि बहादुर मल्लले विगत बाहिसे चौविसे राज्यमा चामल, कोदो, फापर, जस्ता रैथानेबाली उत्पादन गरी खाध्य निर्यात गर्ने कर्नाली अहिले आयातमुखी भएको बताउदै यसलाई निराकरण गर्न कर्नालीमा कृषि विश्वविद्यालयको स्थापना गरी युवाहरुलाई आधुनिक र ब्यवशायिक कृषि प्रणालीमा जागृत गराउन आवश्यक रहेको बताउनु भएको छ । 

जलवायू परिवर्तन हुँदैछ अव खाधान्न र कृषीलाई पनि परिवर्तन गरौँ भन्ने मुल नाराका साथ यो बर्ष मनाईने विश्व खाध्य सुरक्षा दिवस लाई सार्थक बनाउन अहिलेको कृषी प्रणालीलाई जलवायू परिवर्तन अनुकुल वनाउदै उत्पादनमुखी र ब्यवसाहिकृत गराउन आवश्यक रहेको र यसका लागि जिल्ला कृषि विकास कार्यालयबाट कृषि पाठशाला, प्रदर्शनी, साना सिचाई कृषि जागरण जस्ता खाध्य सुरक्षा सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिएको निमित्त कार्यालय प्रमुख कल बहादुर शाहीले बताउनु भएको छ । 

कृषिप्रधान देश भनेर चिनिने नेपालमा अझै ६० प्रतिशत भन्दा जनसंख्या कृषिमा प्रत्यक्ष संलग्न छन् । तर आजभोली माटोसँगको धुलाम्मे फोहारी पेशा र दुख्ख पाइने पेशाकारुपमा नयाँ पुस्ताहरुले ब्याख्या गरिएको पाइन्छ । अब यसलाई सहि सार्थक बनाउने हो भने कृषीमा क्रान्ती ल्याउन जरुरी रहेकाले कृषीलाई सरल पेशा नबनाई यसलाई उधोगका रुपमा परिभाषित गर्न जरुरी रहेको कर्नाली जडिबुटी उत्पादक सहकारीका अध्यक्ष अजय गिरी बताउनु हुन्छ । 

यस्तै सन् १९६० को दशकमा नेपाल चामल निर्यात गर्ने विश्वको छैठौ देशको सुचिमा रहेको तर अहिले चामल आयात गर्ने देशको सुचिमा रहेको बताउदै यसको खास कारण नेपालीहरु वैदेशीक रोजगार प्रति आकर्षित हुनु, उर्जाशिल खेतबारी बाँझो रहनु र नयाँ आधुनिक खेती प्रणालीको विकास नहुनु जस्ता थुपै्र कारण रहेको सादा नेपालका अध्यक्ष अशोक नाथ योगीले फेसबुक म्यासेज मार्फत जानकारी दिनु भएको छ । यस्तै खाध्य सुरक्षा अभियानलाई सार्थक बनाउन उच्च शिक्षामा मात्र कृषि पाठशाला नराखी स्कुल स्तरमा समेत पाठ्यक्रममा कृषी कार्य, औजार र प्रविधिका बारेमा विषय बस्तु समाबेश गराई नयाँ पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान वढाउन आजको आवश्यकता रहेको बडिमालीका उमावि रास्कोटका प्राचार्य मनिराज बरालले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

यसैगरी एमालेका नेता चित्रसिंह गाउले खाद्धान्नमा आत्मनिर्भर वन्न नसकेका सिंगो कर्नाली क्षेत्र आफ्नै उत्पादनमा आत्मनिरभर बन्न सक्ने नीति कार्यक्रम तय गर्न समृद्धीका भाषण होइन सिंहदरवारबाट बन्ने कर्नाली समृद्धीको योजना भूगोल र जनजीवनको अध्ययन वाट बन्न आवश्यक रहेको र स्थानीय अर्गानिक उत्पादनलाई प्रोत्साहन गरी परम्परागत निर्वाहमूखी कृषि प्रणाली तथा आधुनिक कृषि प्रणाली बाट होइन अव नेपालको जलवायु अनुकुलित कृषि प्रणाली मार्फत कर्नालीको समृद्धि खोज्न आजको आवश्यकता रहेको फेसबुक स्टाटस मार्फत आफ्नो धारणा राख्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान