४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन नतिजामा जिल्लाकै अन्तिम स्थानमा

७ माघ २०८०, आईतवार १२:४३

श्याम थापा | माघ ७, सुस्ता ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ ।

जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पिछडिएको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १.शासकीय प्रबन्धी सुचकको ९ पुर्णान्कमा ७.५ अन्क प्राप्त २.संगठन तथा प्रशासन सुचकको ८ पुर्णान्कमा ५.५ अन्क प्राप्त ३.बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.५ अन्क प्राप्त,४.बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.७५ अन्क प्राप्त,५.सेवाप्रवाह सुचकको १६ पुर्णान्कमा ९ अन्क प्राप्त,६.न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णान्कमा ५ अन्क प्राप्त,७.भौतिक पुर्वधार सुचकको १३ पुर्णान्कमा ४.५ अन्क प्राप्त,८.समाजिक समावेशीकरण सुचकको १० पुर्णान्कमा ४.७५ अन्क प्राप्त,९.वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९ पुर्णान्कमा ४ अन्क प्राप्त र १०.सहकार्य र समन्वय सुचकको ६ पुर्णान्कमा १ अन्क गरि पालिकाले १०० को पुर्णान्कमा ५६.५ अन्क मात्र प्राप्त गरेको छ ।

सुस्ता गाउँपालिकाको सुचकहरु मध्ये सबैभन्दा कमजोर भनेको सहकार्य र समन्वयमा देखिन्छ सुचक अनुसार पालिका आफ्नो पाराले मात्र चलेको जस्तो अनुमान गरिन्छ किन भने सहकार्य र समन्वयमा पालिकाले जम्मा १ अन्क प्राप्त गरेको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।

यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(LISA)को सुचकहरुमा अन्कहरु कम आयो भने पालिकालाई संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७औं स्थानमा आएको हो ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्ने हो भने जिल्लामै पहिलो स्थानमा सुस्ताको छिमेकी पालिका प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुर्णान्कमा ९०.२५ अन्क प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अन्क,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५.७५ अन्क,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अन्क,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अन्क र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७.७५ अन्क प्राप्त गरेको छ ।

यद्यपि सुस्ता गाउँपालिकाको गत बर्षको लिजाको नतिजा ४४ अन्क थियो भने अहिले ५६.५ अन्क हेर्दा केही प्रगति गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ