२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको विश्वव्यापी माग उच्च विन्दुमा

२० माघ २०८०, शनिबार ०९:२१

माघ २०, बेइजिङ | सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ ।

वर्ल्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैङ्कहरूको माग एक हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च हो ।

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ)ले सुनको मागमा लगातार वृद्धि भइरहेको अवस्थामा यसको कारोबारमा पनि वृद्धि देखिएको हो ।

सन् २०२३ मा सुनको विनिमयमा २४४ टन बढी रेकर्ड भएको उल्लेख छ । यसको विपरीत, चिनियाँ बजारमा गत वर्ष १० टन सुनको ईटीएफको प्रवाह देखिएको थियो, जसले २०२३ को अन्त्यसम्ममा सुनको ईटीएफको कूल नियन्त्रण ६१।५ टनमा ल्याएको थियो ।

सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको खपतको माग दुई हजार ९३ टन पुगेको छ ।  चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको छ ।

चीनको आर्थिक सुधारले सुनका गहनाहरूको मागलाई बढवा दिएको छ, र देश विश्वव्यापी सुनका गहना बजारको लागि एक महत्त्वपूर्ण आकर्षण बनेको छ, रिपोर्टमा भनिएको छ ।

गत वर्ष विश्वमा सुनको आपूर्ति तीन प्रतिशतले बढेको थियो । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भई तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ