२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरूडाको चिनि मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष

२०८०, ५ फाल्गुन शनिबार ०५:५२

फागुन ५, रौतहट | रौतहटको मध्यभाग गरुडा स्थित हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका हुन सक्ने टोलीको निष्कर्ष रहेको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेका हुन्।

समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलिले  श्रीराम सुगर मिल्सको शुक्रबार स्थलगत अनुगमन निरीक्षण गरेको थियो। 

संघीय सांसद श्रेष्ठले निरीक्षण पश्चात श्रीराम सुगर मिल्स पुनः सञ्चालन गराउन आफू लागिपरेको बताएका थिए।

मिलको सम्पूर्ण उपकरण, साधनस्रोत हुँदा पनि मिल बन्द गर्नु दु:खद भएको बताउँदै पुनः सञ्चालनको लागि उनले प्रतिबद्दता जनाएका थिए।

७ सय भन्दा बढी मजदुर र कर्मचारीलाई प्रत्यक्ष रोजगारी , २० हजार बढि किसान लाभान्वित हुने  श्रीराम सुगर मिल्स जिल्लाको लागि धरोहर भएको श्रेष्ठको भनाई छ।

मिल्द बन्द हुँदा सयाैं मजदुर कर्मचारी रोजगारि गुमाउनु ,हजारौ किसानलाई आर्थिक क्षती बेहोर्नु पर्ने अवस्था भएकाले मिल पुनः सञ्चालनको विकल्प नरहेको उनले धारणा राखेका थिए।

उनले मिल सञ्चालनको निमित समितिमा ब्यापक छलफल पछी निर्णय सहीत सरकारलाई सुझाव दिने बताएका थिए।

श्रीराम सुगर मिल्स लिमिटेड संचालन संघर्ष समितिले  उद्योग सञ्चालन गराउन संसदीय समिती टोलिलाइ ज्ञापनपत्र समेत बुझाएका थिए।

अनुगमनको क्रममा टोली संयोजक किसान श्रेष्ठ, उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, पूर्व मन्त्री डाक्टर बंशिधर मिश्र, नेकपा एसकी नेत्री सरला यादव,गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल् प्रहरीका एसपि महेन्द्र कुमार श्रेष्ठ, ससस्त्र प्रहरीका एसपि माधव रेग्मी, मेयर प्रत्याशी बृज किशोर यादव,उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, लगायतको सहभागिता रहेको थियो।

तत्कालीन उद्योगी दिवाकर गोल्छाको नेतृत्वमा २०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङ सुरुगरेको श्रीराम सुगर मिल्स लगातार २०बर्ष सम्म नाफामा रहेको थियो।

संस्थापक उद्योगी गोल्छाको निधन पछि उनको छोरा दिवाकर गोल्छाले नेतृत्व लिएपछि मिल घाटामा गएको भन्दै केहीवर्ष अघी अर्का उद्योगी बिशाल अग्रवाल लाई मिलमा साझेदार बनाएको थियो।

बर्षेनी घाटा देखाउँदै आएका उद्योगीले २०७७ साउन ११ गते एउटा सूचना जारी गर्दै श्रीराम सुगर मिल्स सदाका लागि  बन्दको घोषणा गरेको थियो। उद्योगिले नेपाल बैंक लगायत बैंक संग अनियमित तरिकाले गरेको टेण्डर रद्द गरी मिल पुनः सञ्चालन गर्नुपर्ने अडान राखेका छन्।

उनीहरूले मिल स्थापनाका लागि कौडिको भाउमा ८५  बिघा जग्गा दिएकाले जसरि भएपनि सञ्चालन हुनुपर्ने बताउँदै आएका छन।

। तीन दशक अगाडी किसानहरुले उद्योगिलाइ प्रती कट्ठा मात्र ७ हजारको दरले  ८५ बिघा जमिन उप्लब्ध गराएको थियो।

 अहिले उक्त जगाको मुल्य प्रती कट्ठा ४ करोडको हाराहारीमा पुगेकोले उद्योगिले अहिले सस्तोमा किनेको सो जग्गा महँगोमा बिक्रि गरि भाग्न खोजेको किसानहरूले आरोप लगाउँदै मिल तथा जग्गा बिक्रीमा रोक लगाएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न