फागुन ७, काठमाडौँ | नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।
त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, सोमबार चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।