८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री

२० चैत्र २०८०, मंगलवार १२:०३

चैत २०, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन्। 

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए। लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो। 

लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए। मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलीयतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए।


मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गरे। सरकारले राजश्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम अघि बढाएको जनाए। कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताए। विगतमाजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकीे मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तब्य भएको दाबी मन्त्री पुनको थियो। 

 पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै मन्त्री पुनले सरकारी निकायहरुको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे। 

भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन्। नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन्। यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने