४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाख महिनामा ब्याजदर: अधिकांश बैंकको घट्यो, एभरेष्ट र एनएमबीले बढाए, कुनको कति ?

३० चैत्र २०८०, शुक्रबार ०७:१२

चैत ३०, काठमाडौँ । वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकले साधारण बचतमा ब्याजदर घटाएका छन् । हालै प्रकाशित नयाँ ब्याजदरअनुसार २ वटा वाणिज्य बैंकले बढाएका छन् । ५ वटाको स्थिर छ । तर, अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।

औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ७.२५ प्रतिशत थियो । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबी बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्टको ब्याजदर ०.५ प्रतिशतले बढेर ७ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको ७.९७ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्ट्याडर्ड चार्टड बैंकको स्थिर रहेको छ ।

औसतमा बैंकहरूको ब्याजदर ०.१८ विन्दुले घटेको छ । पछिल्ला महिनामा बैंकहरूले लगातार जसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था छ । कर्जा प्रवाह पनि अपेक्षित हुन सकेको छैन ।

हेर्नुस् कुन बैंकको ब्याजदर कति-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल