४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चीनले सातवटा नाका खोल्न पठायो पत्र

४ बैशाख २०८१, मंगलवार ०९:३२

बैशाख ४, काठमाडौँ | चीनले नेपालतर्फको थप सात वटा नाका खोल्नका लागि तयार भएको छ । 

चीनसँग जोडिएको नेपालका परम्परागत १४ वटा नाकामध्ये तत्काल थप सात वटा नाका खोल्न तयार रहेको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको हो । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण गएको बेला विभिन्न १४ वटा नाका खोल्ने सहमति भएको थियो । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै सम्पन्न गरेको चीन भ्रमणको क्रममा पनि नाका खोल्ने बारेमा छलफल भएका थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नाका खोल्नका लागि चीनले अग्रसरता लिए पनि नेपालको तर्फबाट चासो दिइएको छैन ।

चीनले पत्र पठाएको एक महिनाभन्दा बढी बितिसके पनि प्रक्रिया खासै अघि बढ्न नसकेको ती अधिकारीले बताए । तर प्रधानमन्त्री कार्यालयले भने यसबारे आन्तरिक तयारी भइरहेको र यो प्रक्रिया छिट्टै अघि बढाउने बताएको छ । १४ वटा नाकामध्ये यसअघि नै तातोपानी, केरुङ, कोरला र हिल्सा नाका सञ्चालनमा आइसकेका छन् । बाँकी नाकामध्ये पहिलो चरणमा सात वटा नाका खोल्नका लागि चीन तयार भएको हो । झोङ्बा र डोल्पाको मेयोङ नाका,  झोङ्बा र मुगुको यासिमा नाका, जिरोङ र गोरखाको झोङ्गा नाका र गोङ्डाङ नाका, न्यालामु र दोलखाको झासिगांग नाका, डिङ्जे र ताप्लेजुङको रिवु नाका तथा पुलान नाका र बझाङको बोलिना नाका खोल्नका लागि चीनले पत्र पठाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ