दामोदर दाहाल | कात्तिक ११, काठमाडौँ | काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरन्जानत्मक स्थान तारेभिर जोरपाटी–सुन्दरीजल–गोकर्ण र बुढानिलकण्ठ–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दामोदर दाहाल | कात्तिक ११, काठमाडौँ | काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरन्जानत्मक स्थान तारेभिर जोरपाटी–सुन्दरीजल–गोकर्ण र बुढानिलकण्ठ–"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकर्ण तारेभिर पक्की सडक निर्माण हुने

२०७३, ११ कार्तिक बिहीबार ०९:५३

दामोदर दाहाल | कात्तिक ११, काठमाडौँ | काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरी लेकको काखमा रहेको मनोरन्जानत्मक स्थान तारेभिर जोरपाटी–सुन्दरीजल–गोकर्ण र बुढानिलकण्ठ–पञ्चकुमारी मार्ग हुँदै जान सकिन्छ । यो स्थान रमणीय तथा पर्यटकिय स्थल भएतापनी धेरैलाई यसको बारेमा थाहा छैन, चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको आनन्द लिन यो स्थान अती नै उपयुक्त ठाउँ रहेको छ ।

२०७१ साल माघ १ गते देखी पर्यटनको विकासका लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो । काठमन्डौ क्षेत्र – ३ का माननिय सांसद रामेश्वर फुयालले काठमाडौं उपत्यकाको चार उच्च शिखरहरु मध्ये शिवपुरीको उच्चशिखर तारेभिर पुगेर एउटा घोषणा गर्नु भएको थियो । 

माघ १ गते सम्म तारेभिरमा सडक नपुर्याइ माघे संक्रान्ति नमान्ने

कार्तिकमा सो ठाउँसम्म पुग्नका लागि कच्ची सडकको विकास गर्न सफल हुँदै सडक निर्माणका लागि श्रम अभियान समेत संचालन गरिएको थियो । माननीय रामेश्वर फुयालकै नेतृत्वमा निर्वाचन क्षेत्र विकास कार्यक्रम, जिविस लगायत विभिन्न सरकारी निकायको सहयोगमा सो ठाउमा मोटरबाटो पूर्याएको थियो । सोही वर्षको माघ १ गते पर्यटन विकासको लागि सो क्षेत्रलाई चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको थियो, २०७२ माघ १ गते समेत महोत्सवको अयोजना गरियो । स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र जिविसको सहयोगमा हुने यो महोत्सवमा साँस्कृतिक प्रदर्शनी, थरि-थरिका नेपाली खाना र खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम हुने गर्दछ । स्थानीय जनताले यसलाई निरन्तर रुपमा मनाउदै आएका छन ।

रातो किताबमा समेत यस वर्षदेखी रकम विनियोजनको व्यवस्था गरिएको छ । तारेभिरको अथाह संभावनालाई आर्थिक विकासमा ढाल्ने प्रयास स्वरुप माननीय सांसद रामेश्वर फुयालकै पहलमा गोकर्णदेखि तारेभिर सम्म पुग्न पक्की सडक निर्माण हुने भएको छ साथै भर्खरै टेन्डरको लागि आहव्वान गरिएको छ  ।

प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो स्थल धार्मिक भनाइ अनुसार महादेवको तपस्याभूमि हो र वनपैदावारका दृष्टिले अत्यन्त सुलभ स्थान हो । काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको बागमती नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ । प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डार रहेको यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइ जिस्क्याइ उभिरहेको छ तर पनि मानव सभ्यताको विकासमा यत्रो योगदान गरेको शिवपुरी क्षेत्र र यहाँ अवस्थित तारेभीरलाई मानव समुदायका योजनाकार तथा विकासविद्हरुले यसलाई विश्व वजारमा पुर्याउन त सकेका थिएनन् र यसको महत्वको विशेषतालाई उन्नतिका लागि पूर्वाधार विकास गर्न सकिरहेको थिएन । तामाङ समुदायको बाहुल्यता रहेको यो क्षेत्रको विकासमा ठुलो परिवर्तन हुने निश्चित छ । आगामी दिनमा उनिहरुको आर्थिक उपार्जनका लागि व्यवसायिकरण सिप र पूँजीको विकास हुन सक्यो भने थप मलजल हुनसक्छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा १३ रोपनी जग्गामा रहेको नागी गुम्बा वि सं २०४७ मा निर्माण भएको हो, यसले अझ यो क्षेत्रलाई पर्यटकीय बनाउन मद्त पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति