२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

२१ कार्तिक २०७३, आईतवार ०३:०४

कात्तिक २१, म्याग्दी । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । 

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । 

मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले ५० प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ । मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । 

दुर्गमको विद्यालय चन्दाकै भरमा सञ्चालन 

यसैगरी मुदी–३ का टेकप्रसाद रोका गाउँमा नयाँ मान्छे देख्ने बित्तिकै विद्यालयका लागि आर्थिक सहयोग माग्नुहुन्छ । उहाँसँगैै भानसिंह रोका, दलमाया रोकासहित मुदी नाउरावासीको दैनिकी उस्तै छ । 

गाउँमा रहेको विद्यालयलाई सरकारी सेवासुविधा उपलब्ध नभएपछि बाध्य भएर अभिभावकले विदेशबाट फर्किएका लाहुरे, धौलागिरि बेस क्याम्प घुम्न जाने विदेशी पर्यटकलाई आफ्ना बालबालिकाले अध्ययन गर्ने विद्यालयलाई चन्दा सङ्कलन गर्ने गरेका छन् । २०६७ सालमा रनजनज्योति बालविकास केन्द्रको स्थापना गरेका नाउरावासीले तीन वर्षसम्म जिल्ला शिक्षा कार्यालयबाट मासिक दुई हजार उपलब्ध गराए पनि त्यसयता कुनै पनि सरकारी सहयोग पाएका छैनन् । विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको तलबसहित आवश्यक सामग्री जुटाउन आर्थिक सङ्कलन अभियान सञ्चालन गर्ने गरेका छन् । 

देशभर आधारभूत तहको शिक्षा निःशुल्क उपलब्ध गराइरहेको अवस्थामा नाउराका स्थानीयवासीले शिक्षकको तलब, आफ्ना बालबालिकाको पाठ्यपुस्तकसमेत आफँै खरिद गर्ने गरेका छन् । “अभिभावकको सक्रियतामा विद्यालय सञ्चालन भइरहेको छ । आफ्ना बालबालिकालाई कुनै पनि समस्या नहोस् भनेर निरन्तर चन्दा सङ्कलन गर्नुहुन्छ”, विद्यालयकी प्रधानध्यापक दीपा गर्बुजाले भन्नुभयो । २१ घरधुरी रहेको नाउरा गाँउका ११ जना विद्यार्थीलाई भौतिक पूर्वाधारको अभावमा एउटै कक्षामा राखेर पठनपाठनको व्यवस्था गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…