१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ९ हजार मेट्रिक टन खाद्यान्न अभाव

३ मंसिर २०७३, शुक्रबार ०४:३५

मङ्सिर ३, दार्चुला । दार्चुला जिल्लाका लागि आवस्यक पर्ने खाद्यान्न भन्दा ९ हजार मेट्रिकटन खाद्यान्न अभाव रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाको तथ्याकंले देखाएको छ । 

दार्चुलामा भएको  कुल जनसंख्याको आधारमा २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेको छ । तर दार्चुलामा धान, गहु, मक्कै, जौ र कोदोको जम्मा उत्पादन भने १८ हजार ९ सय ६६ मेट्रिक टन  मात्रै रहेको छ । 

यो आधारमा दार्चुला जिल्ला खाद्य संकट भएको जिल्लाको सूचीमा रहेको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये १२.२९ प्रतिशत जग्गा मात्रै खेति योग्य रहेको छ । त्यसमा पनि ६ हजार ७ सय १९ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन बाँझो रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका बरिष्ट कृषि विकास अधिकृत सुर्यप्रसाद बरालले जानकारी दिनुभयो । 

दार्चुलाका ३१ वर्थिङ सेन्टरमा आवश्यक समान छैनन् ।

जिल्ला भरीमा रहेका स्वास्थ्य संस्थाहरुमा सुरक्षित सुत्केरी गराउने उद्देश्यका साथ स्थापना भएका ३१ वटा बर्थिङ सेन्टरहरुमा अझै सुरक्षित सुत्केरी गराउने आवश्यक सामग्रीहरु पुगेका छैनन् । आवश्यक सामग्रीहरु नपुग्दा स्वास्थ्य कर्मिहरुलाई काम गर्न अप्ठ्रो भएको स्वास्थ्य कर्मिहरुको भनाइ रहेको छ । गत आर्थिक बर्षका २६ र चालु आर्थिक बर्षमा स्थापना भएको पाँचवटा बर्थिङ सेन्टरहरुमा सुत्केरी सामाग्री अभाव भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले ति बर्थिङ सेन्टरहरुमा कर्मचारीहरु आर्थिक बर्षको श्रावण महिनामै पठाए पनि चार महिना बिति सक्दा समेत अझै सुत्केरी गराउने आवश्यक समाग्रीहरु पठाउन सकेको छैन । जिल्लामा बचत रहेका केही सामाग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाबाट सुत्केरी वेड लगायतका केही सामाग्री पठाइएको भएपनि अझै केही सामाग्रीहरु अपुग रहेकोले अबको दुई महिना भित्रमा सुत्केरी सामाग्री खरिद गरी पठाईने डाक्टर रबिरन्जन शाहले जानकारी दिनुभयो । 

बजेट ढिला स्वीकृत भएको र खरिद प्रक्रियाका कारण हालसम्म सुत्केरी सामाग्री पुर्ति गर्न नसकिएको हो । अझै दार्चुला जिल्लाका ८ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापना गर्न बाँकी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो