पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने

१५ पुष २०७३, शुक्रबार १६:४८

पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो । 

आज साँझ ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो । 

यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिनेछ । टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने र प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । 

सहमतिअनुरुपको विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव