प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको जुभुङ्ग काब्रेपोखरी महोत्सव सुरु (फोटोफिचर)

२५ पुष २०७३, सोमबार १७:३१


प्रेम सुनार/पुस २५, गुल्मी । गुल्मीको जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव–२०७३ आज पौष–२५ गते देखि सुरु भएको छ । महोत्सवको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।

१०८ राष्ट्र शान्ति धार्मिक महोत्सव संकल्पकर्ता  गोविन्दशंरण महाराजी र मधुरवाणी पुज्यादिदी मिना देवि ज्युबाट आज देखि ८ दिन सम्म प्रवचन हुने महोत्सवको  पहिलो सत्रमा जुभुङ्गका विभिन्न गाविसमा कलशयात्रा सहितको प्रभातफेरी गरी काभ्रेपोखरी उच्च माध्यामिक विद्याल प्राङ्गणमा सजाईएको विशाल मञ्चमा औपचारिक कार्यक्रम सुरु भएको थियो ।


आज पहिलो  दिनमै करिव ५० लाख रकम संकलन भएको आयोजकले जनाएका छन् । पहिलो दिनका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले ५ हजार १ सय  चन्दादान गरेका थिए । उनलाई गोविन्दजी महाराजले सम्मान  गरेका थिए ।

कार्यक्रममा प्रवचनका अलवा राधाकृष्णको नृत्य र मञ्चन गरिनुको साथ शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा जिल्ला ईन्जिनियर सुनिल रञ्जितकार, कोष तथा लेखा निरीक्षक कार्यालयका लेखापाल भुपाल ज्ञवाली, जुभुङ्ग गाविस सचिव कमलप्रसाद पाण्डेय, जुभुङ्गका श्रोत व्यक्ति खिमबहादुर महत, शिक्षा प्रेमी तथा समाज सेवी जगनाथ गौतम, क्याप्टेन सन्तबहादुर खड्का, क्याप्टेन चन्द्रबहादुर जिसी, पुर्व लेखा अधिकृत हुमबहाद्र थापा, सुवेदार केशरसिंह सारु, जिल्लाका पत्रकारहरुको तर्फबाट प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।


जुभुङ्ग काब्रेपोखरी शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा त्यस विद्यालयका प्राचार्य तथा समारोहका महासचिव तेजेन्द्र खड्काको स्वागत मन्तव्य र पुर्व प्राचार्य श्रीराज खड्काको सञ्चालन रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह