१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

४ माघ २०७३, मंगलवार ०७:२४

माघ ४, पाल्पा । प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । 

गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट रु २०/२० लाख बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारीदिनुभयो । 

मेला अवधिभर रु १० करोड बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । मेलामा २०० व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ । 

सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । मेलामा अस्ट्रिज चरा, उँट, रोटेपिङ, चर्खेपिङ, झुला, मौतका कुवा, फुच्चे रेल, ड्रागन रेल, फोटो र भिडियो प्रदर्शनी रहेको छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ । 

तरकारी बेचेर एउटै याममा तीन लाख आम्दानी 

मेहनत र साहस गरियो भने छोराछोरीको उच्च शिक्षाका लागि जागिर खानु नै पर्छ भन्ने नभएको रामपुरका टिकादेवी भट्टराईको कामले देखाएको छ । सात वर्ष अगाडि छोराले एसएलसीमा राम्रो नतिजा ल्याएर उत्र्तीण भएपछि उहाँलाई खुसीसँगै छोराको उच्च शिक्षाको चिन्ताले सतायो । 

परिवारमा कमाउने कोही नहुँदा उहाँलाई छोराको इन्जिनियरिङ पढ्ने चाहना कसरी पूरा गर्ने भन्ने ठूलो समस्या प¥यो । तरकारी खेती गरेरै भए पनि छोराको पढ्ने रहर पूरा गर्ने अठोट गरेर उहाँले व्यवसाय सुरु गर्नुभयो । 

एक रोपनीबाट तरकारी खेती सुरु गर्नुभएका भट्टराईले मनग्य आम्दानी गर्न थालेपछि विस्तारै छ रोपनी जग्गामा तरकारी खेती विस्तार गर्नुभयो । तरकारीको उत्पादन बढ्दै गएपछि त्यसैको आम्दानीबाट उहाँले छोरालाई इन्जिनियरिङ शिक्षा पढाउँदै हुनुहुन्छ । 

बेमौसमी तथा मौसमी तरकारी लगाएर उहाँले एउटै याममा रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ – “छोराको पढ्ने इच्छा रोक्न पनि भएन, पढाउँ त कसरी भन्ने थियो”, “छोराको भविष्यकै लागि तरकारी लगाउन सुरु गरेर काठमाडौँमा उच्च शिक्षाका लागि पठाए ।” 

चल सम्पत्ति केही नहुँदा पनि छोरालाई उच्च शिक्षा आर्जन गर्न सक्ने वातावरण तरकारी खेतीबाटै भएको भट्टराई बताउनुहुन्छ । उहाँ दैनिक ६० किलोदेखि ८० किलोसम्म तरकारी उत्पादन गरी बिक्री गर्नुहुन्छ । 

आर्थिक अभावमा सुरुमा जागिरका लागि धेरै ठाउँ भाँैतारिँदा कहीँ कतैबाट नमिलेपछि तरकारी खेती सुरु गर्नुभएका भट्टराईलाई यतिबेला आम्दानीको बलियो र दिगो माध्यम तरकारी व्यवसाय बनेको छ । उहाँ अहिले गाउँघरका छिमेकी, अफन्तलाई जागिरको सट्टा कृषि व्यवसायमा लाग्न सल्लाह दिँदैआउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट