माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् "/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको गजरकोटमा बिजुली पुगेपछि स्थानीय खुसी

२०७३, १९ माघ बुधबार ०४:०७

माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् । 

बिजुली बाल्नका लागि यहाँका स्थानीयले काम सुरु गरेको तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँमा बिजुली बाल्न सफल भएका हुन् । वडाका डुम्रीबेँसी, अदमारा, पल्लोडिही, खनालडाँडा, पाखेडाँडा बगैँचा, हरिवन, थामडाँडा, पल्लावारी गाउँ अहिले बिजुलीले झिलीमिली बनेको छ । बिजुली बत्ती बलेपछि यहाँका १८५ घरधुरीका स्थानीय लाभान्वित भएका छन् । 

स्थानीयको निरन्तर प्रयास र मेहनतले चाँडै नै गाउँमा बिजुली बत्ती बलेको स्थानीय रामप्रसाद श्रेष्ठले बताउनुभयो । गाउँमा बिजुली बलेपछि टिभी हेर्न, रेडियो बजाउन, मोबाइल चार्ज गर्न, सस्तो मूल्यमा मिलमा कुटानी पिसानी गर्न सजिलो भएको स्थानीय बताउँछन् । 

नेपाल विद्युत् प्राधिकरण, जिविस, सांसद विकास कोष र त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग र स्थानीय उपभोक्ताको श्रमदान गरी रु ४२ लाखको लागतमा ११ केभी क्षमताको लाइनबाट बिजुली बाल्न सफल भएको भीमकाली मोटरमार्ग विद्युत्लाइन उपभोक्ता समितिका अध्यक्ष दीलप्रसाद तिवारीले बताउनुभयो । 

अक्षयकोष स्थापना 

यसैबीच, अंशुवर्मा माध्यमिक विद्यालय, सहलकोट, पाल्पामा पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना भएको छ । 

पूर्वविद्यार्थी डा प्रमिला दर्लामीले रु ६० हजार ९९९ को अक्षयकोष स्थापना गर्नुभएको छ । विकट र दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने