अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा

२०७३, २३ माघ आईतवार १०:०९


अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जोड्र्दै ग्रामिण क्षेत्रमा अत्याधुनिक सेवा सहितको २५० औं शाखा चुहानडाँडामा संचालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले शाखाको औपचारीकरुपमा उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको ५० औं वर्षको इतिहासमा हिमाल देखि तराई सम्म संजाल भै कारोवार संचालन गरिरहेको बैंकले अब आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्ने उल्लेख गर्नु भएको छ । 

बैकको कुल लगानीको ३१ प्रतिशत कृषिमा लगानी गरेर कृषि क्षेत्रलाई नै लगानीको मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्य अधि बढाई रहेको बैंकले वित्तीय कारोवारका साथै आर्थिक सामाजिक, सामुदायीक कार्यमा सरिक हुदै देशको आर्थिक विकासमा टेवा पुर्याउने प्रमुख कार्यकारी अधिकृत सिटौलाले व्याक्त गर्नु भयो ।

कार्यक्रममा बैंकका उपमहा प्रवन्धक भेषरमण आचार्यले आर्थिक विकासको स्रोत जुटाउने बैकलाई हुर्काउन सबैको साथ आवश्यक पर्ने भएकाले यसलाई पँुजि निर्माण गर्र्ने थालोकोरुपामा विकास गर्नु पर्ने बातउनु भयो । 

कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक पारशमणि ढकालको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख हिक्मतबहादुर राय, चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थपलिया, शारदा माविका प्रचार्य भिम आचार्य, महिला संजालकी अम्बिका चुडाल थपलिया लगायतले शुभकामना मन्तव्य राख्र्दै बैकले कृषि क्षेत्र सहितको अन्य क्षेत्रमा पनि कारोवार गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमा विभिन्न शाखाका प्रवन्धक, अधिकृतहरुको, स्थनीय जनता, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने