इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्मा"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा सत्रवटा सडकको निर्माणकार्य सुरु

२०७३, ६ फाल्गुन शुक्रबार ०६:१८

इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्माणका लागि सडक कार्यालयमार्फत प्रत्येक सडकका लागि रु चारलाख २० हजारका दरले जम्मा रु ७१ लाख ४० हजार विनियोजन गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयप्रमुख तथा डिभिजनल इन्जिनियर शिवलाल दहालका अनुसार चालु आवमा निर्माण थालिएका ती सहरी सडकमा इलाम नगरपालिकाको सहरी सडक, माईपोखरीदेखि सातखाल्टे सडक, फिक्कल बजार सडक, सन्दकपुरदेखि कालपोखरी सडक, नयाँबजार सडक, आइतबारे बजार सडक, फिक्कल–गुप्ती –नयाँबजार सडक, सिंहबाहिनी–गोलबस्ती रिङरोड, देउमाई नगरपालिका सहरी सडक, केरखा–चुलाचुलीदेखि चपेटी–मधुमल्ला सडक रहेका छन् । 

त्यस्तै, अन्य सडकमा गजुरमुखीधाम–नावालुङ्ग–खड्कुले सडक, देउराली–एकतप्पादेखि गजुरमुखी–महमाई सडक, बाँझो गाविस–माङ्सेबुङ सडक, इलाम नगरपालिका–३ हुँदै पुवाखोला इन्टेक–साङ्रूम्बादेखि देउमाई नपा सडक, तीनघरे–शान्तिपुर बर्फल्याङ सातकटेरी सडक, घुरबिसे पञ्चमीदेखि इलामतिर पचेवा ठिङ्गेपुर–लुङसुङ्दाङ गाउँ हुँदै सिंहदेवी उच्च मावि आमचोकको सडक स्तरोन्नति र सूर्योदय नपा–९ इलाम दूध चिस्यान केन्द्रबाट सुदुङखोला सडक स्तरोन्नति र कजेनी गुम्बासम्म ट्र्याक सुधार रहेका छन् । 

कार्यालय प्रमुख दहालले यी सहरी सडक निर्माणका लागि ठेक्का लागिरहेको र केहीको कामसमेत अघि बढिसकेको बताउनुभयो । 

त्यसैगरी, फिक्कल अन्तुडाँडा सडकको छिरूवादेखि भञ्ज्याङसम्म कालोपत्र गर्न बाँकी रहेको भागमा यस आवमा कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको छ । सडक कार्यालयमार्पmत उक्त कामका लागि रु पाँच करोड १८ लाख ९२ हजार विनियोजन भएको छ । उक्त बाटोमा हालसालै मात्र छिरूवासम्म कालोपत्र गर्ने काम सम्पन्न भएको छ । 

त्यस्तै, सडक कार्यालयले मेची राजमार्गको माईखोलाबाट इलामपट्टिको भागमा रहेको सडक भासिने स्थानमा पुनस्र्थापनाको काम थालेको छ । चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएकामा ठेक्का प्रक्रियाबाट उक्त काम सुरु भएको पनि प्रमुख दहालले जानकारी दिनुभयो । 

त्यस स्थानमा सडकका तीन भागमा सडकमुनि दुईतहमा ३० फिटभन्दा लामा रड छिराएर ड्रिल गरी भित्रभित्रै सिमेन्टको ढलान हुन्छ । हाल काम थालिसकिएको र वर्षातअघि नै उक्त काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा