महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्"/>
१ माघ २०८२, बुधबार
अर्थ/विकास

माओवादी केन्द्र पर्वतको पहलमा अर्थ मन्त्रालयबाट ५ करोडको योजना स्वीकृत (तालिका सहित)

११ फाल्गुन २०७३, बुधबार ०६:३४

महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्वीकृत भएका हुन् ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद राजकाजी गुरुङ ,पोलिटव्यूरो सदस्य नेत्र अधिकार लगायत केन्द्रिय तथा जिल्ला नेताहरुको सक्रियता एवं माओवादी केन्द्रको केन्द्रिय कार्यालयको पहलमा  उक्त योजनाहरु स्वीकृत भएको माओावादी केन्द्र पर्वतले जनाएको छ । 

स्वीकृत भएका योजनाहरु मध्ये डुम्रे भन्ज्याङ्ग बानिडाँडा गुरुङ गाउ सडक निर्माणको लागि ४० लाख विनियोजन भएको छ । यो स्वीकृत भएका योजनामध्येको सवैभन्दा ठूलो योजना हो । त्यस्तै धाइरिङ मिलन्चोक घाहाखेत सडक. निर्माणको लागि ३० लाख, कृष्ण भबन माबीको भवन निर्माण तथा कम्पाउण्ड निर्माण.२५ लाख, बेनि  मल्लाज दरबारबाट काजिन्ने गुफा देविस्थान गदेश्वर फलामेडाँडा नागिडाँडा सडक खण्ड २५ लाख,  अम्बेट भुम सडक निर्माण २० लाख, मुनस्टार खेलकुद मैदान निर्माण १५ लाख रहेको छ । त्यस्तै स्वीकृत योजनाहरुमा गल्छीना धर्मापानी पोखे पैयूँकोट सडक हुवासका लागि २० लाख, वहाकी भञ्जाङ्ग देउराली रिपबारी अमरा गैरा सेतीबेनी सडकखण्ड निर्माण २५ लाख, उरामकोकथरे बाह्रबिसे शिवपुरी धाम चिउरिखाल्टा गेप्ताङ सडक रु १५ लाख, दुर्लाङ खेलकुद मैदान निर्माण बाच्छा रु २५ लाख, धौलागिरी स्तरीय खेलकुद मैदान पाङ २ कालागि २० लाख , शारदा उमाविको आठ कोठे भवन निर्माणका लागि २० लाख, महाशिला बहुमुखी क्याम्पस २५ लाख, विकास राष्ट्र एकिकृत पशुपालन तथा कृषि सहकारी संस्था २० लाख रहेको छ । 

अन्य स्वीकृत हुने योजनाहरु मध्ये मदन आश्रित मावि कम्पाउण्ड तथा भवनका लागि २० लाख, भास्तुङ रिठावट बाझगरा सिंचाइ बर्राचौर रु १५ लाख, नाङ्गेसिङ पहिरो.२० लाख, बैडा बगालथोक काउले पञ्चासे बाटो २० लाख, शहिद स्मृति भवन कुनपा ९का लागि ३० लाख, वहाकी हेपो डाडाबारी आरुपाटा तिलिङ्गेडाडा( भयरथान) नेता मावि तिलाहार जिम्मुवालथर तिप्लुङ बर्राचौर सडक रु रु ३० लाख, हुवास बहुमुखी क्याम्पस २५ लाख र  जनता प्राबी.१५ लाख गरी कुल ५ करोड बराबरको कार्यक्रम तथा योजनाहरु स्वीकृत भएको छ ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएका योजनाहरु अब चाडैनै संचालन हुने माओवादी केन्द्रले जनाएको छ । ५ करोड बराबरका योजनाहरु अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि माओवादी केन्द्र पर्वतले त्यसलाई सवै दलहरु मिलेर सम्पन्न गर्नको लागि सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव