सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिए"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयको सेवा सुरु

१८ फाल्गुन २०७३, बुधबार १४:३१

सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिएर घोराही जानु पर्ने वाध्यता हटेको हो । लमहीमा मालपोत र नापी कार्यालयले आफ्नो सेवा सुभारम्भ गरेपछी सेवाग्राहीलाई जग्गा सम्वीन्ध काम गर्न सजिलो भएको हो ।

नेपाल सरकार भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने २०७२ असोज १४ गते निर्णय गरेको थियो । सोही निर्णय अनुसार लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएको हो । मालपोत कार्यालय वाट रजिष्टेसन पास, नाम सारी, घर कायम, श्रेष्ता कायम, क्षेत्रफल संसोधन गर्ने, मोठ भिडाउने, रोक्का गर्ने, फुकुवा गर्ने लगाएतका काम सुरु भएको छ । लमही नगरपालिका वडा नं. ११ निवासी दुखीराम चौधरी र सोही ठाउँ निवासी पुष्पा चौधरी पहिलो सेवाग्राही वन्न सफल भएका छन । दुवैजनालाई कार्यक्रममा सम्मान गरिएको छ ।

मालपोत र नापी कार्यालयको उद्घाटन नेपाल सरकार भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले गरे । कार्यालयको उद्घाटन गर्दै देवकोटाले गुनासो रहीत सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । कार्यालय उद्घाटन कार्यक्रममा नापी विभागका महानिर्देशक कृष्णराज विसीले सेवाग्राहीलाई घरदैलोमा सेवा प्रवाह गर्न मालपोत र नापी कार्यालयको स्थापना भएको वताए ।


नापी कार्यालयल मार्फत टोकन प्रणालीवाट सेवा प्रवाह गर्न, डिजीटल प्रविधिवाट काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मालपोत कार्यालय लमहीका प्रमुख मालपोत अधिकृत कृष्ण प्रसाद खरेलको अध्यक्षता एवम् भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यालयमा दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश कुमार आचार्य लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । नापी कार्यालय लमहीका प्रमुख कृष्णप्रसाद अधिकारीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन नापी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट