२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

२०७३, २६ फाल्गुन बिहीबार ०६:३६

फागुन २६, तेह्रथुम । तेह्रथुमको छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयले नमुना विद्यालय बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी बहुधार्मिक महोत्सवबाट रु ३५ लाखभन्दा बढी नगद सङ्कलन गरेको छ । 

विद्यालय परिसरमा आयोजित सप्ताहव्यापी भागवत् महापुराण तथा लिम्बू जातिमा प्रचलित तीनदिने तङ्सिङ पूजालगायतका धार्मिक कार्यबाट रु ३५ लाखभन्दा बढी सङ्कलन भएको प्रधानाध्यापक टीकाराम बस्नेतले बताउनुभयो । 

फागुन १५ बाट सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवबाट सङ्कलित रकमबाट विद्यालयलाई जिल्लाकै नमुना सामुदायिक विद्यालय बनाउने लक्ष्य राखिएको थियो । सो अभियानमा साथ दिँदै विभिन्न धर्मावलम्बीले विद्यालयलाई सहयोग गरेका हुन् । यस्तै, विद्यालयलाई १२ जनाले जग्गादान पनि गरेका छन् । 

महोत्सवको अवसरमा गोविन्द भट्टराई, राममाया सुतार कार्की, टङ्क थापा, झमक खड्का र मीना निरौलाले चार÷चार आना, वीरबहादुर भट्टराईले दुई रोपनी, झपटबहादुर कार्कीले एक रोपनी, रामबहादुर भट्टराईले साढे ९ रोपनी, डम्बर भट्टराईले चार आना, देशबहादुर कार्कीले एक रोपनी ११ आना, सुरेन्द्र खड्का, दिल पाक्साँवा र शङ्खरमान खेवाले सामूहिकरुपमा चारआना र टीका ढकालले मधुमल्लामा नौ धुर जग्गादान गर्नुभएको विद्यालयले जनाएको छ । 

महोत्सवबाट सङ्कलित सो रकमबाट विद्यालयलाई नमुना विद्यालय बनाउन पूर्वाधार विकास, अत्याधुनिक प्रविधियुक्त शैक्षिक वातावरण विकासलगायत कार्यमा खर्च गरिने विद्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने