सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगे"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा बङ्गुर पालनबाट मासिक ६० हजार कमाइ

३० फाल्गुन २०७३, सोमबार ०८:३२

सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगेश सारुले आफ्नै जग्गामा उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक ‘मङ्गोलियन बङ्गुर फार्मु स्थापना गरी व्यावासयिक बङ्गुर पालन शुरू गरेका हुन् ।

उनले आफ्नो बङ्गुर फर्म जिल्ला कै सबैभन्दा ठूलो भएको दाबी गरे। करीब १ रोपनी क्षेत्रफलमा फैलिएको सो फर्ममा लेण्ड्रेस, ड्युरो र पाख्रिवासे कालो बङ्गुर गरी विभिन्न ३ जातका ६५ ओेटा बङ्गुरका पाठापाठी पालिएको छ । ३ वर्षअघि २ लाख रुपैयाँ लगानीबाट शुरू उक्त फर्ममा अहिले २० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उनले बताए ।

एसएलसीसम्म अध्ययन गरेका सारुले केही वर्ष अघिसम्म सामान्य रूपमा दुई चारओटा बङ्गुर पालेका थिए । त्यसबाट मनग्य आम्दानी हुन थालेपछि आफु व्यावसायिक बङ्गुर पालनतर्फ आकर्षित भएको उनले बताए । बिहान देखि बेलुकासम्म आफ्नै बङ्गुर फर्ममा खट्ने सारु व्यवस्थापनमा लाग्ने सबै खर्च कटाएर फार्मबाट मात्रै मासिक ४० हजार रुपैयाँ कमाउंछ्न। बङ्गुरबाट उनको कमाइ लोभलाग्दो छ।

बङ्गुरको उत्पादन बढ्न थालेपछी उनले आफ्नै लगानीमा स्थानिय बजारमा फ्रेस हाउस समेत संचालन गर्दै आएका छन।दैनिक उनको फ्रेसहाउसबाट ४० किलोग्राम मासु बिक्री हुने गरेको छ।यहा प्रतिकिलो २ सय ८० रुपैयामा मासु बिक्री हुन्छ।मासु काटेर बिक्री गर्दा मासिक २० हजार आम्दानी गर्ने सारुले बताए।

बजार क्षेत्रमा बङ्गुरको मासु खपत अत्यधिक हुने गरेको छ ।

‘बङ्गुरको पाठापाठी र मासु काटेर बेच्दा अहिले महिनामा ६० हजार रुपैया कमाउछु ।’ उनले भने, ‘ यसबाट आत्मसन्तुष्ट्री मिलेको छ।’ उनको फर्मबाट अहिले उन्नत जातका बङ्गुरका पाठापाठी उत्पादन हुने गरेको छ । सम्बन्धित निकायको सहयोग पाए अबको केही महीनापछि फर्ममा केही बङ्गुरका पाठापाठी थप गर्ने सोच सारुले बनाएका छन् ।

पाठापाठी उत्पादनका लागि फर्ममा विभिन्न उन्नत जातका १८ ओटा माउ बङ्गुर पालेका छन् । एउटा माउ बङ्गुरले एकपटकका ८ देखि १० ओटासम्म पाठापाठी पाउँछन् । राम्रोसँग पालनपोषण र आहार दिन सकेमा बङ्गुरले १५ महिनामा ३ पटक बच्चा उत्पादन गर्न सक्ने उनको भनाइ छ । स्थानीय बजारमा पाठापाठीको वढी माग र फाइदा पनि धेरै हुने भएका कारण यो व्यवसाय निकै राम्रो भएको उनको ठहर छ ।

जन्मिएको ४० दिनभित्र पाठापाठी विक्रीयोग्य हुन्छन् । यसरी योग्य भएका पाठापाठीलाई प्रतिगोटा ४ हजार रुपैयाँसम्म विक्री गर्ने गरेको उनले बताए । उनको फर्ममा उत्पादन भएको पाठापाठीको जिल्लाभित्रकै बजारमा माग अत्यधिक रहेको छ । यहाँ उत्पादित पाठापाठी प्युठान र रोल्पा जिल्लामा बढी बिक्री हुँदै आएको छ ।

माग बढी भएका कारण उपभोक्तालाई पाठापाठी पु¥यान नसकिरहेको उनले बताउँछन् । ‘माउले बच्चा जन्माउन नपाउदै अर्डर आउँछ।’ सारुले भने, ‘ग्राहकको माग नै थेग्न गार्हो छ।’ एउटा बङ्गुर आठदेखि १० महिना पाल्दा २५ हजारदेखि ३० हजारमा बिक्री हुने गर्छ । ‘महिनामा १५ वटाभन्दा बढी बङ्गुरका पाठापाठी बिक्री गर्दै आएको छु ।’ उनले भने ।

क्षेत्रीय पशु तालिम केन्द्र नेपालगन्जबाट एक हप्ते बङ्गुर पालनसम्बन्धी तालीम लिएपछि ब्यबसाय सुरु गरेका सारुले सरकारी निकायसँग सहयोगका लागि पटक–पटक आग्रह गर्दा पनि सहयोग नपाएको गुनासो गरे ।अहिल जिल्ला स्थित गैह्रसरकारी संस्थाले समेत बङ्गुरपालक कृषकलाइ तालिम दिन परे आफुलाइ बोलाउने गरेको सारुले बताए।

बैदेशिक रोजगारका क्रममा ३ बर्ष ओमन र २ बर्ष दुबइमा बिताएका उनले बिदेशीभुमीमा गइ दुख गर्नुभन्दा बरु आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मबिश्वासका साथ गाउंमै फार्म खोलेको बताए। मेहनत गर्न सक्दा र काममा खटियो भने बिदेशमा कमाउने भन्दा दोब्बर गाउँघर मै कमाउन सकिने उनको अनुभव छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला