सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगे"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानमा बङ्गुर पालनबाट मासिक ६० हजार कमाइ

२०७३, ३० फाल्गुन सोमबार ०८:३२

सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगेश सारुले आफ्नै जग्गामा उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक ‘मङ्गोलियन बङ्गुर फार्मु स्थापना गरी व्यावासयिक बङ्गुर पालन शुरू गरेका हुन् ।

उनले आफ्नो बङ्गुर फर्म जिल्ला कै सबैभन्दा ठूलो भएको दाबी गरे। करीब १ रोपनी क्षेत्रफलमा फैलिएको सो फर्ममा लेण्ड्रेस, ड्युरो र पाख्रिवासे कालो बङ्गुर गरी विभिन्न ३ जातका ६५ ओेटा बङ्गुरका पाठापाठी पालिएको छ । ३ वर्षअघि २ लाख रुपैयाँ लगानीबाट शुरू उक्त फर्ममा अहिले २० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उनले बताए ।

एसएलसीसम्म अध्ययन गरेका सारुले केही वर्ष अघिसम्म सामान्य रूपमा दुई चारओटा बङ्गुर पालेका थिए । त्यसबाट मनग्य आम्दानी हुन थालेपछि आफु व्यावसायिक बङ्गुर पालनतर्फ आकर्षित भएको उनले बताए । बिहान देखि बेलुकासम्म आफ्नै बङ्गुर फर्ममा खट्ने सारु व्यवस्थापनमा लाग्ने सबै खर्च कटाएर फार्मबाट मात्रै मासिक ४० हजार रुपैयाँ कमाउंछ्न। बङ्गुरबाट उनको कमाइ लोभलाग्दो छ।

बङ्गुरको उत्पादन बढ्न थालेपछी उनले आफ्नै लगानीमा स्थानिय बजारमा फ्रेस हाउस समेत संचालन गर्दै आएका छन।दैनिक उनको फ्रेसहाउसबाट ४० किलोग्राम मासु बिक्री हुने गरेको छ।यहा प्रतिकिलो २ सय ८० रुपैयामा मासु बिक्री हुन्छ।मासु काटेर बिक्री गर्दा मासिक २० हजार आम्दानी गर्ने सारुले बताए।

बजार क्षेत्रमा बङ्गुरको मासु खपत अत्यधिक हुने गरेको छ ।

‘बङ्गुरको पाठापाठी र मासु काटेर बेच्दा अहिले महिनामा ६० हजार रुपैया कमाउछु ।’ उनले भने, ‘ यसबाट आत्मसन्तुष्ट्री मिलेको छ।’ उनको फर्मबाट अहिले उन्नत जातका बङ्गुरका पाठापाठी उत्पादन हुने गरेको छ । सम्बन्धित निकायको सहयोग पाए अबको केही महीनापछि फर्ममा केही बङ्गुरका पाठापाठी थप गर्ने सोच सारुले बनाएका छन् ।

पाठापाठी उत्पादनका लागि फर्ममा विभिन्न उन्नत जातका १८ ओटा माउ बङ्गुर पालेका छन् । एउटा माउ बङ्गुरले एकपटकका ८ देखि १० ओटासम्म पाठापाठी पाउँछन् । राम्रोसँग पालनपोषण र आहार दिन सकेमा बङ्गुरले १५ महिनामा ३ पटक बच्चा उत्पादन गर्न सक्ने उनको भनाइ छ । स्थानीय बजारमा पाठापाठीको वढी माग र फाइदा पनि धेरै हुने भएका कारण यो व्यवसाय निकै राम्रो भएको उनको ठहर छ ।

जन्मिएको ४० दिनभित्र पाठापाठी विक्रीयोग्य हुन्छन् । यसरी योग्य भएका पाठापाठीलाई प्रतिगोटा ४ हजार रुपैयाँसम्म विक्री गर्ने गरेको उनले बताए । उनको फर्ममा उत्पादन भएको पाठापाठीको जिल्लाभित्रकै बजारमा माग अत्यधिक रहेको छ । यहाँ उत्पादित पाठापाठी प्युठान र रोल्पा जिल्लामा बढी बिक्री हुँदै आएको छ ।

माग बढी भएका कारण उपभोक्तालाई पाठापाठी पु¥यान नसकिरहेको उनले बताउँछन् । ‘माउले बच्चा जन्माउन नपाउदै अर्डर आउँछ।’ सारुले भने, ‘ग्राहकको माग नै थेग्न गार्हो छ।’ एउटा बङ्गुर आठदेखि १० महिना पाल्दा २५ हजारदेखि ३० हजारमा बिक्री हुने गर्छ । ‘महिनामा १५ वटाभन्दा बढी बङ्गुरका पाठापाठी बिक्री गर्दै आएको छु ।’ उनले भने ।

क्षेत्रीय पशु तालिम केन्द्र नेपालगन्जबाट एक हप्ते बङ्गुर पालनसम्बन्धी तालीम लिएपछि ब्यबसाय सुरु गरेका सारुले सरकारी निकायसँग सहयोगका लागि पटक–पटक आग्रह गर्दा पनि सहयोग नपाएको गुनासो गरे ।अहिल जिल्ला स्थित गैह्रसरकारी संस्थाले समेत बङ्गुरपालक कृषकलाइ तालिम दिन परे आफुलाइ बोलाउने गरेको सारुले बताए।

बैदेशिक रोजगारका क्रममा ३ बर्ष ओमन र २ बर्ष दुबइमा बिताएका उनले बिदेशीभुमीमा गइ दुख गर्नुभन्दा बरु आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मबिश्वासका साथ गाउंमै फार्म खोलेको बताए। मेहनत गर्न सक्दा र काममा खटियो भने बिदेशमा कमाउने भन्दा दोब्बर गाउँघर मै कमाउन सकिने उनको अनुभव छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी