१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा एक करोडमा बनेको प्रहरी भवन प्रयोगविहीन

११ चैत्र २०७३, शुक्रबार ०६:०३

चैत ११, बैतडी । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा रु एक करोडभन्दा बढी लगानीमा निर्माण गरेको प्रहरी चौकी, पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले केन्द्रबाट उद्घाटनका लागि कोही नआएकाले प्रयोगविहीन भएको बताउनुभयो । “माथिबाट उद्घाटनका लागि आउने तयारी भएको छ”, उहाँले भन्नुभयो, “छिट्टै प्रहरी नवनिर्मित भवनमा सर्छ ।” 

सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले ध्वस्त पारेपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गत वर्ष रु एक करोड आठलाख ६६ हजारको लगानीमा प्रहरी चौकी पुरघाटको भवन निर्माण गरेको हो । नवनिर्मित भवन उद्घाटन नहुँदा आजभोलि पुरघाट प्रहरी चौकीका प्रहरी एउटा घर भाडामा लिएर बसिरहेका छन् । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बैतडीमा रु चार करोड ८५ लाख ४० हजारमा पाँचवटा नयाँ प्रहरी भवन निर्माण गरेको छ । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले बढी ध्वस्त पारेकामध्ये सीमा प्रहरी चौकी झुलाघाट, इलाका प्रहरी कार्यालय पाटन, इलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी पुरघाट र प्रहरी चौकी खोडपेमा बनेका उक्त नवनिर्मित भवन आधुनिक सुविधासम्पन्न रहेका छन् । 

दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको बैतडीमा दरबन्दी कमी हुँदा मागअनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर–आँगनमा पु¥याउन सकिएको छैन । 

“हामीसँग भौतिक पूर्वाधारको पनि कमी छ”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “छिटो र प्रभावकारी सेवा प्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिकरुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव