ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले च"/>
२ माघ २०८२, बिहीबार
अर्थ/विकास

कालिका मन्दिरमा चादीको ढोका हस्तान्तरण

२ बैशाख २०७४, शनिबार ०५:४२

ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले चादीको ढोका निमार्ण पछि एक कार्यक्रमका बिच मन्दिरलाई हस्तान्तरण गर्नुभएको हो । 

हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै सांसद चम्पादेवि खडकाले धार्मिक एवं पर्यटकिय क्षेत्रको विकासमा बिभिन्न निकायबाट सहयोग र सदभाव व्यक्त गर्नु उच्च प्रसंशसनि कार्य भएको बताउनुभयो । उहाले धौलागिरी भित्र रहेको सांस्कृति एवं धार्मिक क्षेत्रको प्रचार प्रसार र विकासमा आफुले सहयोग गर्दै जाने बताउनुभयो । 

करिव १६ लाख रुपैयाको लगानीमा चादीको ढोका निमार्ण गरिएको छ । साढे १५ किलो चादीबाट ढोका निमार्ण गरिएको छ । पाटनका कलाकार तथा कालिगढहरुबाट उक्त चादीको फ्रेम तयार गरी मुल ढोकामा जडान गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले बताउनुभयो । 

कालिका भगवती साक्षात देवी भएरको मन्दिरको विकासमा पु–याउने उद्धेश्यले  ादीको ढोका सहयोग गरेको सापकोटाले बताउनुभयो । मन्दिर ब्यवस्थापन समितिको नीति र सुझाव अनुसार मन्दिरको विकासमा हालेमालो गरेको र आगामी दिनमा थप सहयोग गर्दै जाने उहाको भनाइ छ । 

अहिले कालिका भगवती मन्दिरमा दाताहरुबाट बिभिन्न संरचना निर्माणमा सहयोग हुने क्रम बढेको छ । मन्दिरको धार्मिक तथा पर्यटकीय आकर्षणका लागी अहिले सरकारी तथा गैर सरकारी निकाय र भक्तजनहरुबाट सहयोग हुने क्रम बढ्दै गएको अध्यक्ष खडकाले बताउनुभयो । 

कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका निमित्त प्रमुख युक्तप्रसाद सुबेदी,१०८ श्रीमद भास्कर उद्धब शर्मा,सहयोगदाता माधवनाथ सापकोटाले बोल्नुभएको थियो । सो अवसरमा चादीको ढोका निमार्णमा सहयोग गर्ने माधवनाथ सापकोटालाई सम्मान गरिएको थियो । कालिका गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खडकको अध्यक्षता र प्रेस सल्लाहकार एवं सदस्य राजेशचन्द्र राजभण्डारीको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ