जिल्लामा उत्पादित नेपाली कागजलाई बजार अभाव भएको छ । जलजला गाउँपालिका शालिजामा रहेको सामुदायिक लोक्ता प्रशोधन उद्योगबाट उत्पादित नेपाली कागजले बजार र मूल्य नपाउँदा उद्यमी समस्यामा परेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लामा उत्पादित नेपाली कागजलाई बजार अभाव भएको छ । जलजला गाउँपालिका शालिजामा रहेको सामुदायिक लोक्ता प्रशोधन उद्योगबाट उत्पादित नेपाली कागजले बजार र मूल्य नपाउँदा उद्यमी समस्यामा परेका छन् ।

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली कागजलाई बजार अभाव

२०७४, ९ बैशाख शनिबार ०९:०४

जिल्लामा उत्पादित नेपाली कागजलाई बजार अभाव भएको छ । जलजला गाउँपालिका शालिजामा रहेको सामुदायिक लोक्ता प्रशोधन उद्योगबाट उत्पादित नेपाली कागजले बजार र मूल्य नपाउँदा उद्यमी समस्यामा परेका छन् ।


स्थानीय बजारमा बिक्री भएन


दुर्गम गाउँमा सञ्चालित उद्योगले उत्पादन गरेको कागज स्थानीय बजारमा बिक्री नहुने र बाहिरी जिल्लामा पठाउँदा कम गुणस्तरको नेपाली कागजसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले समस्या देखिएको हो ।


गुणस्तरीय लोक्ताबाट तयार पारिएको कागजले बजारमा विभिन्न केमिकल तथा केराको रेसाबाट तयार पारेको कागजसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगी समस्यामा परेका हुन् । उद्यमीले नेपाली कागज उत्पादन गर्दा प्रतिग्राम १ रुपैयाँ लगानी पर्ने र बजारमा प्रतिगोटा २० रुपैयाँभन्दा कममा बेच्न नसकिने हुँदा नेपाली बजारमा बिक्री गर्न नसकिएको स्थानीय उद्यमी तुलबहादुर खोर्जाले जानकारी दिए ।


प्रतिस्पर्धा गर्न नसक्दा बजार अभाव


नेपाली कागजको विदेशी बजारबाट समेत माग हुने गरेकाले नेपाली बजारभन्दा विदेशमै बढी निर्यात हुने गरेको उनले बताए । ‘कच्चा पदार्थदेखि उत्पादनसम्म न्यून मूल्य राख्दा पनि बाहिरको कागजसँग प्रतिस्पर्धा गर्न सकेनौँ,’ उनले भने । करिब चार वर्षदेखि सञ्चालन भएको उद्योगबाट सुरुमा सोचेअनुरूप उत्पादन गर्न नसके पनि अघिल्लो वर्ष काठमाडाैँको बजारमा दुई सय पुरिया बिक्री गरेको खोर्जाले बताए ।


अर्डर आएपछि मात्रै उत्पादन


विभिन्न स्थानबाट अर्डर आएपछि मात्रै कागज उत्पादन गर्न थालिएको उनको भनाइ छ । उनले भने, ‘अहिले पोखराको महिला सीप विकास केन्द्रबाट नेपाली कागजको नोटबुक बनाउन अर्डर भएको छ । तालिमप्राप्त उद्यमी सोही अर्डरअनुसारको उत्पादनमा लागिपरेका छौँ ।’


३० जना नयाँ उद्यमी सिर्जना


सुरुमा उद्योग स्थापना गर्दा १० जना उद्यमी भए पनि किशोरी उद्यमी विवाह गरेर गाउँबाट बाहिरिएपछि अहिले ३० नयाँ उद्यमी सिर्जना गरिएको छ । अहिले उनीहरूले घाम लागेको वेलामा कागज तयार पार्ने र बर्खा तथा चिसो समयमा उद्योगमै बसेर डायरी बनाउने गरेको खोर्जाले बताए । उद्योगबाट सिजनमा मासिक करिब ३० देखि ५० हजारबराबरको कागज उत्पादन हुने गरेको स्थानीय प्रताप पुनले जानकारी दिए । उद्योगमा विभिन्न संघसंस्थाको सहयोगमा केही मेसिन राखिएको भए पनि पर्याप्त नहुँदा सोचेअनुरूपको सामान उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।


उत्पादनको पहिचान हट्ने चिन्ता


उद्योगमा डायरी बनाउन पनि आवश्यक सामग्री नहुँदा सामान्य रूपमा तयार गरेर पोखरा पठाइने र पोखराको संस्थाले आफ्नै लोगो हालेर बेच्दा सामानको पहिचान हराएकोमा उद्यमी खिन्न छन् । ‘हाम्रो सामानले बजार पाएकोमा हर्ष लाग्छ,’ उद्यमी खोर्जाले भने, ‘तर आफैँले तयार गरेको सामानलाई अरूले आफ्नो बनाएर बेच्दा भने खिन्न हुन्छ ।’ उनले उद्योगमा आधुनिक मेसिन उपलब्ध भए पहिचान दिलाएर नै उत्पादन गर्न सकिने बताए ।


सरकारी सहयोग आवश्यक


जिल्लामा बर्सेनि उद्यमका क्षेत्रमा करोडौँ रुपैयाँका कार्यक्रम आउने गरे पनि कागज उद्यमलाई आवश्यक सहयोग नहुँदा समस्यामा परेको उनको गुनासो छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से