जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको जनता आवास कार्यक्रम: विपन्न परिवारलाई १००० पक्की घर बन्दै

४ जेष्ठ २०७४, बिहीबार १३:०२

जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन ९पक्की घर० निर्माण गरिने भएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिए ।

उहाँका अनुसार बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत साविक गाविस गाढा वडा नम्बर २, ३, ४, ५ र ६ मा १९ वटा, मझौरा वडा नम्बर २ र ४ मा २२ वटा, कचनारी वडा नम्बर २, ३, ४, ६, ७, ८ डुम बस्तीमा ४० वटा घर, इटहर्वा वडा नम्बर ३, ५, ६, ९ मा १८ वटा घर, कजरा वडा नम्बर ९ मा १० वटा र सखुवा नन्कारकट्टी वडा नम्बर ५ र ८ मा २० वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले बताए ।

क्षेत्र नम्बर ३ अन्तर्गत साविक गाविस इटाटार वडा २, ५, ६ र ९ मा २७ वटा, लगडी गोठ वडा नम्बर ९ मा २२ वटा घर, लगडी गडीयानी वडा नम्बर ९ मा २२ घर, पिपरा प्रपि वडा नम्बर ६ मा २२ घर, औरही वडा नम्बर १, ५, ८ र ९ मा २५ घर, सिरहा नगरपालिका–६ बसबिटामा २२ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत साविक गाविस गौरीपुर वडा नम्बर ४, ५, ६ र ८ मा २० वटा, कविलासी वडा नम्बर ३, ४, ५, ६ मा २० वटा घर, फुलकाहाकट्टी वडा १ देखि ७ सम्ममा २० वटा घर, अयोध्यानगर वडा नम्बर १, ४, ६, ७ र ९ मा २० वटा घर, पिप्रा प्रधको वडा नम्बर १ देखि ५ सम्ममा २२ वटा घर, सुखीपुर नगरपालिकाको वडा नम्बर ७ र ९ मा २० घर, धनगढीमाई नगरपालिका वडा ३ मा २० वटा घर तथा बल्ही गाविस वडा नम्बर ५ मा २० वटा पक्की घर बनाउने निर्णय गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।

क्षेत्र नम्बर ५ अन्तर्गत गोलबजार नगरपालिका–२ को सङ्ग्रामपुर, गुरुधान र टुरकियामा २७, गोलबजार नगरपालिका ६ मा २७, गोलबजार नगरपालिका–३ जमदहमा २७, बडहारामाल वडा नम्बर ७ र ९ मा २७, रामपुर बिर्ता ९हाल मिर्चैया नगरपालिका–१ मुसहरी टोलमा २७, मिर्चैया नगरपालिका वडा नम्बर ४, ५ र ६ मा २७ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

त्यस्तै सिरहा क्षेत्र नम्बर ६ अन्तर्गत साविक गाविस मझौलियाँ वडा नम्बर १, २, ३, ४, ७ स्थित दलित बस्तीमा ५० वटा घर, बेल्हा वडा नम्बर ३, ६, ८, ९ मा ३२ घर, कल्याणपुर जब्दी वडा नम्बर १, २, ७ र ९ मा ३० वटा घर, विष्णुपुर प्रम वडा नम्बर २ र ४ मा १० वटा घर, विष्णुपुर प्ररा वडा नम्बर २ मा १० वटा घर, महेशपुर वडा नम्बर ४ र ८ मा १५ घर तथा लक्ष्मीपुर प्रम वडा नम्बर २ र ४ मा १५ वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले उल्लेख छ ।

यसका साथै गत चैतमा आगलागीबाट घरबारविहीन भएका २९ परिवारलाई समेत चालु आवभित्रै पक्की घर बनाई दिने निर्णय गरेको छ । छनोट भएका बस्तीमा केही दिनभित्रैबाट घर निर्माणको काम सुरु गरिने र चालु आवभित्र करिब २५ प्रतिशत काम सकिने लक्ष्य लिएको प्रमुख आचार्यको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता