जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको जनता आवास कार्यक्रम: विपन्न परिवारलाई १००० पक्की घर बन्दै

२०७४, ४ जेष्ठ बिहीबार १३:०२

जेठ ४, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन ९पक्की घर० निर्माण गरिने भएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिए ।

उहाँका अनुसार बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत साविक गाविस गाढा वडा नम्बर २, ३, ४, ५ र ६ मा १९ वटा, मझौरा वडा नम्बर २ र ४ मा २२ वटा, कचनारी वडा नम्बर २, ३, ४, ६, ७, ८ डुम बस्तीमा ४० वटा घर, इटहर्वा वडा नम्बर ३, ५, ६, ९ मा १८ वटा घर, कजरा वडा नम्बर ९ मा १० वटा र सखुवा नन्कारकट्टी वडा नम्बर ५ र ८ मा २० वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले बताए ।

क्षेत्र नम्बर ३ अन्तर्गत साविक गाविस इटाटार वडा २, ५, ६ र ९ मा २७ वटा, लगडी गोठ वडा नम्बर ९ मा २२ वटा घर, लगडी गडीयानी वडा नम्बर ९ मा २२ घर, पिपरा प्रपि वडा नम्बर ६ मा २२ घर, औरही वडा नम्बर १, ५, ८ र ९ मा २५ घर, सिरहा नगरपालिका–६ बसबिटामा २२ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत साविक गाविस गौरीपुर वडा नम्बर ४, ५, ६ र ८ मा २० वटा, कविलासी वडा नम्बर ३, ४, ५, ६ मा २० वटा घर, फुलकाहाकट्टी वडा १ देखि ७ सम्ममा २० वटा घर, अयोध्यानगर वडा नम्बर १, ४, ६, ७ र ९ मा २० वटा घर, पिप्रा प्रधको वडा नम्बर १ देखि ५ सम्ममा २२ वटा घर, सुखीपुर नगरपालिकाको वडा नम्बर ७ र ९ मा २० घर, धनगढीमाई नगरपालिका वडा ३ मा २० वटा घर तथा बल्ही गाविस वडा नम्बर ५ मा २० वटा पक्की घर बनाउने निर्णय गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले जनाएको छ ।

क्षेत्र नम्बर ५ अन्तर्गत गोलबजार नगरपालिका–२ को सङ्ग्रामपुर, गुरुधान र टुरकियामा २७, गोलबजार नगरपालिका ६ मा २७, गोलबजार नगरपालिका–३ जमदहमा २७, बडहारामाल वडा नम्बर ७ र ९ मा २७, रामपुर बिर्ता ९हाल मिर्चैया नगरपालिका–१ मुसहरी टोलमा २७, मिर्चैया नगरपालिका वडा नम्बर ४, ५ र ६ मा २७ वटा घर निर्माण गर्ने निर्णय भएको छ ।

त्यस्तै सिरहा क्षेत्र नम्बर ६ अन्तर्गत साविक गाविस मझौलियाँ वडा नम्बर १, २, ३, ४, ७ स्थित दलित बस्तीमा ५० वटा घर, बेल्हा वडा नम्बर ३, ६, ८, ९ मा ३२ घर, कल्याणपुर जब्दी वडा नम्बर १, २, ७ र ९ मा ३० वटा घर, विष्णुपुर प्रम वडा नम्बर २ र ४ मा १० वटा घर, विष्णुपुर प्ररा वडा नम्बर २ मा १० वटा घर, महेशपुर वडा नम्बर ४ र ८ मा १५ घर तथा लक्ष्मीपुर प्रम वडा नम्बर २ र ४ मा १५ वटा घर निर्माण गर्ने निर्णय भएको प्रमुख आचार्यले उल्लेख छ ।

यसका साथै गत चैतमा आगलागीबाट घरबारविहीन भएका २९ परिवारलाई समेत चालु आवभित्रै पक्की घर बनाई दिने निर्णय गरेको छ । छनोट भएका बस्तीमा केही दिनभित्रैबाट घर निर्माणको काम सुरु गरिने र चालु आवभित्र करिब २५ प्रतिशत काम सकिने लक्ष्य लिएको प्रमुख आचार्यको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश