जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।&nbs"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदुर नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकमै यस्तो निर्णय

१० जेष्ठ २०७४, बुधबार ०४:२५

जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ । 

विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएको प्रमुख सञ्जु पण्डितले बताउनुभयो । 

“लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको छ ।” 

प्रमुख पण्डितले भन्नुभयो, “नक्सापासमा रकम छुट दिने निर्णयले पीडितलाई १५ हजार रुपैयाँसम्म नगद बचत हुने भएकाले तत्कालै राहतको महसुस गराउन खोजेका हौँ ।” नगरपालिकाले नक्सापास गर्दा पक्की घर बनाउनेलाई एक वर्गफिटको रु सात र अस्थायी आवासको रु चार राजस्व सङ्कलन गर्दैै आएको छ । 

विदुर नगर कार्यपालिकाको बैठकले नगरपालिकामा रहेका तेह्रैवटा वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न रु. एक÷एक लाख रुपैयाँ बजेट निकासा गरी वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता