प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्"/>
६ माघ २०८२, सोमबार
अर्थ/विकास

रामेछापमा २ अर्ब ४१ करोड बजेट विनियोजन (कुन स्थानीय तहमा कति रकम ?)

१६ जेष्ठ २०७४, मंगलवार ०२:५५

प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को लागि व्यबस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे। सरकारले स्थानीय तहको संरचना अनुसार सबैभन्दा बढी मन्थली नगरपालिका र सबै भन्दा कम सुनापति गाउँपालिकामा विनियोजन गरेकाे छ ।

सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान गरि दुई शिर्षकमा बजेट छुट्टाएकाे जनाएकाे छ ।
रामेछाप जिल्लाका ८ स्थानीय तहकाे जम्मा बजेट विनियोजन यस्ताे छ ।
१. मन्थली नगरपालिका – ४९ करोड ५५ लाख २९ हजार
२. रामेछाप नगरपालिका- ३४ करोड ३३ लाख ३७ हजार
३.उमाकुण्ड गाउँपालिका – २४ करोड ४०लाख ३० हजार
४.गोकुलगंगा गाउँपालिका- २४ करोड २२लाख ७८ हजार
५.दोरम्बा गाउँपालिका – २६ करोड ९ लाख ४ हजार
६. लिखु गाउँपालिका – २७ करोड ६३ लाख ७२ हजार
७. सुनापति गाउँपालिका – २२ करोड ८१ लाख ३ हजार
८. खाँडादेवी गाउँपालिकामा -३२ करोड ३२ लाख ५ हजार

स्थानीय तहको निर्वाचनको बीचमा प्रस्तुत भएको बजेटमा नयाँ नीति तथा कार्यक्रम भने आएकाे छैन । नयाँ कार्यक्रम ल्याउन नपाएको सरकारले राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त रकम विनियोजन गरेको छ ।

 स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा भर्खरै निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ । यस हिसाबमा सोमबार प्रस्तुत भएको बजेट सङ्घीयता कार्यान्वयनको कोशेढुङ्गा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का