प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ । 

तालिममा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ । 

तालिममा "/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा सहकारी लेखापालन तालिम सम्पन्न

२०७४, १७ जेष्ठ बुधबार ०३:५३


प्रकाश धौलाकोटी/जेठ १७, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सहभागितात्मक आधारभूत सहकारी लेखापालन सम्बन्धी छ दिने तालिम बुधबार सकिएको छ । 

तालिममा सहकारी लेखा परिचय, महत्व, गोश्वारा भौचर, चार खाता सन्चालन, ब्यालेन्स सीट तथा चेक लिष्ट बनाउने तरिका लगायत विषयहरुमा छलफल भएको थियो । तालिममा जिल्लाका विभिन्न सहकारीहरुका व्यवस्थापक, सन्चालक समिति सदस्यहरु र शेयर सदस्यहरु गरी २० जना सहभागी थिए । डिभिजन सहकारी कार्यालय, धनकुटाले आयोजना गरेको तालिमको सहजीकरण कार्यालयका सहकारी निरीक्षक गोविन्द खड्का र मिनकुमार थापाले गरेका थिए । 

तालिम हिमचुली सामुदायिक विकास बहुउदेश्यीय सहकारी संस्था, बसन्तपुर, भिजन बचत तथा ऋण सहकारी म्याङलुङ्ग र तम्फुला बचत तथा ऋण सहकारी संस्था, म्याङलुङ्गको आर्थिक सहयोग तथा जिल्ला बहुउदेश्यीय सहकारी संघको व्यवस्थापनमा भएको थियो । 

तालिमको समापन कार्यक्रममा सहभागीका तर्फबाट टेकबहादुर केसी र दुर्गा डाँगीले मन्तव्य राखेका थिए भने जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष फौदबहादुर सुवेदीले सहकारीताकालागि लेखा महत्वपुर्ण भएको भन्दै तालिममा सिकेका कुरा आफ्नो सहकारीमा गएर प्रयोगमा ल्याउन सुझाव दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल