२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा ३९ लाखको लागतमा बन्यो झोलुङ्गे पुल

१७ जेष्ठ २०७४, बुधबार १०:२५

जेठ १७, म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । 

कुल ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको पाँचलाख ४० हजार सहयोग प्राप्त भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो ।

यसैगरी, जिल्ला समन्वय समिति म्याग्दीबाट एकलाख २५ हजार, मुदीको वडा कार्यालयबाट एक लाख १२ हजार र स्थानीयवासीको ७५ हजार रुपैयाँ बराबरको जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिए। उनका अनुसार गत वर्षको वैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माण सम्पन्न झोलुङ्गे पुलबाट ३०० घरधुरीका एक हजार ८४० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

निर्माण सम्पन्न झोलुङ्गे पुलको हालै उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताए। 

उनले गाउँपालिकाका सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धतासमेत जनाएका छन्। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ