२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा ३९ लाखको लागतमा बन्यो झोलुङ्गे पुल

२०७४, १७ जेष्ठ बुधबार १०:२५

जेठ १७, म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । 

कुल ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको पाँचलाख ४० हजार सहयोग प्राप्त भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो ।

यसैगरी, जिल्ला समन्वय समिति म्याग्दीबाट एकलाख २५ हजार, मुदीको वडा कार्यालयबाट एक लाख १२ हजार र स्थानीयवासीको ७५ हजार रुपैयाँ बराबरको जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिए। उनका अनुसार गत वर्षको वैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माण सम्पन्न झोलुङ्गे पुलबाट ३०० घरधुरीका एक हजार ८४० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

निर्माण सम्पन्न झोलुङ्गे पुलको हालै उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताए। 

उनले गाउँपालिकाका सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धतासमेत जनाएका छन्। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल