२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरमा भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु

२०७४, २४ जेष्ठ बुधबार ०६:१०

जेठ २४, भक्तपुर । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । 

एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । एईआइएनको रु ४५ लाख र स्थानीयवासीको रु आठ लाख सहयोगमा तीन महिनाभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ । 

भूकम्पका कारण विद्यालयको दुईवटै भवनमा क्षति पुगेपछि चारवटा असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम थापाले जानकारी दिनुभयो । 

भक्तपुरको पाटी भञ्ज्याङ, रानीकोट, काभ्रेको नैचाल, सोचे लगायतका क्षेत्रका बालबालिका अध्ययनरत यस विद्यालयको भवन पुनर्निर्माणपछि नर्सरी, जेकेजी र कक्षा ८ सम्म पढाउने गरी व्यवस्था गरिने भएको उहाँले बताउनुभयो । 

हाल छजना शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाले एक राहत शिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, विद्यालय पोसाक, झोलालगायत सामग्री सहयोग पु¥याउँदै आएको र विद्यार्थीका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल तथा सिलाइ÷कटाइ तालिम दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल