२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा चट्याङले सात ट्रान्सफर्मरमा क्षति, विद्युत् अवरुद्घ

२०७४, २४ जेष्ठ बुधबार ०९:५४

जेठ २४, बैतडी । चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्घ भएको छ । 

सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिनुभयो । साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चँुडिएकोसमेत उहाँले बताउनुभयो । 

चट्याङले ट्रान्सफर्मरमा क्षति गर्दा तथा तार चुँडिदा बैतडीमा विद्युत् सेवासमेत अवरुद्घ भएको छ । साथै, जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्घ भएको खबर आएकाले क्षति विवरण सङ्कलन भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । क्षति पु¥याएको लाइनको खोजी गरी मर्मतको कार्य भइरहेको केन्द्रले जनाएको छ । 

मर्मत कार्यसँगै विद्युत् सेवा सञ्चालनको काम पनि भइरहेको बताइएको छ । चट्याङले बैतडीको बसाली–रिम, बैतडी–सतबाँझ क्षेत्रको लाइनमा बढी क्षति पु¥याएको खबर आएको छ । 

जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । 

यसका साथै विद्युत्बाट सञ्चालित हुने कलकारखाना, मिल र सञ्चारमाध्यम पनि समस्यामा परेका छन् । विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ