२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

२०७४, २४ जेष्ठ बुधबार १२:०६

जेठ २४, भक्तपुर । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । 

आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् । 

अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आठ प्रतिशत छुटमा बिरामीले औषधि पाउने व्यवस्थासहित आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको बताउनुभयो । 

यसअघि अस्पतालको आफ्नै फार्मेसी नहुँदा अस्पतालसँग भाडामा लिएर बसेको साझा औषधि पसल र बाहिरका निजी फार्मेसीमा विरामीका लागि औषधि किन्नुपर्ने बाध्यता थियो । 

अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल