२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका सत्र विद्यालयमा हावाहुरीबाट १८ लाखको क्षति

२०७४, २५ जेष्ठ बिहीबार ११:५३

जेठ २५, बाजुरा । एक महिनाअघि आएको हावाहुरीका कारण यस जिल्लाका १७ वटा विद्यालयमा ठूलो क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ । 

हावाहुरीले विद्यालयका छाना उडाउनाका साथै रूख ढलेर क्षति पुगेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ । प्रहरी प्रतिवेदनअनुसार सत्र वटै विद्यालयमा रु १८ लाख ८६ हजार ५५० बराबरको सम्पत्ति क्षति भएको छ । 

रेग्मीले दिनुभएको जानकारीअनुसार बजेडी आधारभूत विद्यालयमा चार लाख ९७ हजार, झाली प्राविमा ८६ हजार, नवदुर्गा भवानीमा एक लाख चार हजार २५०, त्रिशक्ति माविमा दुई लाख, घटाल आधारभूत विद्यालयमा ९६ हजार, भवानी माविमा २५ हजार, ब्रह्मेश्वरी आधारभूत विद्यालयमा ५० हजार, त्रिभुवनेश्वरी माविमा एक लाख र ब्रह्मदेवस्थली प्राविमा ७० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक उमेश रेग्मीले बताउनुभयो । 

त्यसैगरी, पुर्भुता आधारभूत विद्यालयमा ६० हजार, भगवती प्राविमा एक लाख ४६ हजार ४००, मण्डाली प्राविमा दुई लाख ३३ हजार ६००, जनता प्राविमा ३३ हजार ३००, त्रिपुरासुन्दरी माविमा एक लाख ५० हजार र जनप्रभात प्राविमा ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ भने बागेश्वरी आधारभूत विद्यालयमा कुनै क्षति नभएको पाइएको छ । क्षति भएका सबै विद्यालयको विवरण जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुरा पठाइएको छ । 

क्षति भएकामध्ये रत्न मावि सेलिफालको विवरण भने दैवी प्रकोपमा पठाइएको छैन । हावाहुरीका कारण जिल्लाका विद्यालयको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल