२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

२०७४, १ असार बिहीबार ०८:५५

असार १, नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । 

ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो । 

चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गरिएको छ । 

अब कुनै पनि खोलामा नियम विपरीत उत्खनन र निकासीका लागि स्काभेटर, टिपर र ट्रयाक्टर प्रयोग गरिएको पाइएमा नियमअनुसार कारबाही गरिने समेत सो समितिले जनाएको छ । 

समितिले चालु आवमा जिल्लाको विभिन्न १७ वटा खोलाका भागमा नदीजन्य सामग्री निकासीका लागि ठेक्का लगाएर करिब रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । समन्वय समितिका अनुसार सो राजस्व रकमबाट जिल्लाको विकास निर्माणका काममा उक्त बजेट खर्च गरिएको सो समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल