हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा "/>
६ माघ २०८२, सोमबार
अर्थ/विकास

आजदेखि कोरला नाका नजिक अन्तरदेशीय व्यापारमेला

१ असार २०७४, बिहीबार ०९:३८

हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा मेला सञ्चालन हुँदै आएको छ । 

दुई देशबीचको धर्म, संस्कृति र सभ्यताको आदानप्रदान तथा सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष मेलाको आयोजना हुँदै आएको छ । दुवै देशको पारस्परिक सम्बन्धलाई प्रगाढ तुल्याउने उद्देश्यले चीनको स्थानीय सरकारले उक्त मेला आयोजना गर्दै आएको छ ।


यस सिजनको मेला आयोजनाका लागि चीनको तर्फबाट चिनियाँ सुरक्षा अधिकारी र नेपालको तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारी, लोमान्थाङ र दालोमे गाउँपालिकाका प्रमुख क्रमशः सुवर्णकुमार विष्ट र छोम्फेल गुरुङ (राजु)सहित जननिवार्चित प्रतिनिधिबीच बैठक सम्पन्न भइसकेको छ । व्यापार मेला प्रत्येक वर्षको दुई सिजनमा हुने गरेको छ ।


चीनको भूमिमा हुने व्यापार मेलालाई सुरक्षित र व्यवस्थित बनाउन इलाका प्रशासन कार्यालय लोमान्थाङले सीमावर्ती क्षेत्रका स्थानीयलाई प्रस्थान गर्न प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको छ । कति समयावधिसम्म मेला सञ्चालन गर्ने भन्ने निर्णय चिनियाँ पदाधिकारीहरूले गर्ने गरेका छन् ।मेलाकम चिनियाँ व्यापारीले विशेषगरी मदिराजन्य पदार्थ, सिरक, कम्बल, घरायसी सामान, खाद्यान्न, इलेक्ट्रोनिकलगायत सामान र नेपाली व्यापारीले स्थानीय लोकल उत्पादन, यार्सागुम्बा, खाद्यान्नलगायत सामग्री विक्रीका लागि राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या