हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा "/>
२०८२, १८ चैत्र बुधबार
अर्थ/विकास

आजदेखि कोरला नाका नजिक अन्तरदेशीय व्यापारमेला

२०७४, १ असार बिहीबार ०९:३८

हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा मेला सञ्चालन हुँदै आएको छ । 

दुई देशबीचको धर्म, संस्कृति र सभ्यताको आदानप्रदान तथा सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष मेलाको आयोजना हुँदै आएको छ । दुवै देशको पारस्परिक सम्बन्धलाई प्रगाढ तुल्याउने उद्देश्यले चीनको स्थानीय सरकारले उक्त मेला आयोजना गर्दै आएको छ ।


यस सिजनको मेला आयोजनाका लागि चीनको तर्फबाट चिनियाँ सुरक्षा अधिकारी र नेपालको तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारी, लोमान्थाङ र दालोमे गाउँपालिकाका प्रमुख क्रमशः सुवर्णकुमार विष्ट र छोम्फेल गुरुङ (राजु)सहित जननिवार्चित प्रतिनिधिबीच बैठक सम्पन्न भइसकेको छ । व्यापार मेला प्रत्येक वर्षको दुई सिजनमा हुने गरेको छ ।


चीनको भूमिमा हुने व्यापार मेलालाई सुरक्षित र व्यवस्थित बनाउन इलाका प्रशासन कार्यालय लोमान्थाङले सीमावर्ती क्षेत्रका स्थानीयलाई प्रस्थान गर्न प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको छ । कति समयावधिसम्म मेला सञ्चालन गर्ने भन्ने निर्णय चिनियाँ पदाधिकारीहरूले गर्ने गरेका छन् ।मेलाकम चिनियाँ व्यापारीले विशेषगरी मदिराजन्य पदार्थ, सिरक, कम्बल, घरायसी सामान, खाद्यान्न, इलेक्ट्रोनिकलगायत सामान र नेपाली व्यापारीले स्थानीय लोकल उत्पादन, यार्सागुम्बा, खाद्यान्नलगायत सामग्री विक्रीका लागि राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल