२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल ग्यासको बिक्री चितवन र नवलपरासीबाट पनि सुरु

२०७४, २ असार शुक्रबार ०६:४१

असार २, चितवन । उपत्यकामा राम्रो बजार पाएको नेपाल ग्यास उद्योग प्रालिले चितवन र नवलपरासीमा पनि बिक्री शुभारम्भ गरेको छ । 

उपभोक्ताको मागअनुसार चितवन र नवलपरासीमा एकसाथ बिक्री शुभारम्भ गरेको नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिनुभयो । चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यबिन्दु ट्रेडिङलाई आधिकारिक विक्रेता नियुक्त गरेर बजार विस्तार गरेको उहाँले बताउनुभयो । 

एक समारोहका बीच बिहीबार साँझ उद्योगका सञ्चालक गुणचन्द्र विष्टले औपचारिक बिक्री कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नेपाल ग्यासले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्नसमेत पाएको सो अवसरमा जानकारी दिइएको थियो । 

नेपाल ग्यास एक्वायर गरेपछि सुरक्षित ग्याससँगै बजार विस्तार गर्न चाहिरहेको सो अवसरमा जानकारी दिइयो । काठमाडाँैको बालाजु र बाराको सिमरामा ग्यास उद्योग रहेका छन् । अहिले बजारमा नेपाल ग्यासको मात्रै आठ लाख सिलिन्डर चलनचल्तीमा छन् । 

सो अवसरमा नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँमा पहिलो रोजाइमा परेको नेपाल ग्यास चितवन र नवलपरासीमा पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल ग्यासको ८७ टनको क्षमता ११ गुणा वृद्धि गरेर हजार टन पु¥याउने कार्य अन्तिम चरणमा पुगेको सञ्चालक विष्टले बताउनुभयो । उहाँले नेपाल ग्यास सेमी अटोमेसनबाट पूर्ण अटोमेसनमा लगेर दैनिक ३५ हजार सिलिन्डर भरेर बजारमा बिक्री गरेको पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल