ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म सा"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुकम्प गएको २५ महिनापछि अनुदान सम्झौता शुरु

३ असार २०७४, शनिबार १३:५०

ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म साविकको शैलुङ्गेवर गाविसको वडा नम्बर १,२,३ र ५ का २ सय १५ घरधुरीसँग अनुदान सम्झौता गरिएको वडा सचिव लालबहादुर गुरुङले जानकारी दिनुभयो । शैलुङ्ग गाउँपालिकाका प्रमुख भरतप्रसाद दुलालले हिजो विधिवत रुपमा अनुदान सम्झौता गरेर शुरु गर्नु भएको थियो ।

शैलुङ्गेश्वरमा १ हजार ४ सय १४ घरधुरीलाई भूकम्प पीडित परिचयपत्र वितरण गरेकोमा ७ सय ७६ जनाको नाममात्रै लाभग्राहीको सूचिमा आएपछि वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै ७ सय ४२ जनाले गुनासो फारम भरेका छन् । गुनासो सम्वोधन हुँदा पनि १ सय ३५ घरधुरी मात्रै लाभग्राहिको सुचीमा थपिएपछि स्थानीयले अनुदान सम्झौताको काम रोकेका थिए ।

यसैविच स्थानीय शान्ती समिति शैलुङ्गेश्वरले लाभग्राहीको सुचीमा ना नपरेका भुकम्प पिडितहरुको क्षतिग्रस्त घर पुनः सर्वेक्षण गरी एक महिना भित्र लाभग्राहिको सुचिमा नाम समावेश गर्न माग राख्दै गाँउपालीकाका प्रमुख भरत दुलाललाई हिजै ज्ञापन पत्र बुझाएको जनाईएको छ । समिति  अध्यक्ष भैरब काफ्लेले साउन २ गते सम्म पनि माग पुरा नभए साउन ३ गते वडा कार्यालयमा ताला लगाउने चेतावनी समेत दिइएको वताउनु भयो ।

त्यसैगरी भुकम्प गएको लामो समय भईसक्दा समेत मेलुङ्ग गाउँपालिका वडा नम्बर ४ अर्थात साविकको भेड्पु गाविसमा गुठी जग्गाको समस्याका कारण अझै अनुदान सम्झौता हुन सकेको छैन । २०७२ को फागुन ३० गते दोलखाको सिँगटीबाट शुरु भएको अनुदान सम्झौता भुकम्प प्रभावित सबैजसो जिल्लाहरुमा भइसकेर आवास निमार्ण सम्पन्न भईसक्दा समेत दोलखाका केहि ठाउँहरुमा हुन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या