६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङ्लुङ–ओख्रे सडकखण्डको पुल निर्माणको काम किन सुस्त ?

४ असार २०७४, आईतवार ०४:०२

असार ४, तेह्रथुम । जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्त गतिमा मात्रै काम गरिरहेको छ । 

दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । एक वर्षभित्र सक्नेगरी रु पाँच करोड ९८ लाख ४७ हजार २६१मा कामको जिम्मा लिएको कम्पनीले अहिलेसम्म निर्माणको काम सकेको छैन । ठेक्का सम्झौताको म्याद गुज्रिएर दुईपटक म्याद थप गरिसक्दासमेत निर्माण कम्पनीले ६० प्रतिशत काममात्रै गरेको छ । 

निर्माणका लागि चाहिने सामग्री ढुवानी र वर्षाका महिनामा काम रोकिएकाले निर्माणको काम ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्विस सरकार विकास सहयोग एसडिसीअन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले भन्नुभयो – “वर्षाका दिनमा काम रोकिन्छ, सडक क्षतिग्रस्त भएर खुल्न अरु केहिदिन लाग्छ, सामान ढुवानीमा समस्या भएर ढिलाइ भएको हो ।” 

ठेकेदार कम्पनीका कारण पुल निर्माणमा ढिलाइ भएको ओख्रेका तुलसी तिगेलाले भन्नुभयो । 

यहाँका बासिन्दा पहिले धनकुटाको सिधुवा पुगेर मात्र कोसी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ आउने गरेका छन् । सडक निर्माण भए पनि खोलामा पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गुनासो सुनाउँछन् । 

पुल नहुँदा सदरमुकाममा रहेका सरकारी कार्यालयका सेवा सुविधा लिन बासै बस्ने गरी जानुपर्ने अवस्था रहेको हमरजुङका वमप्रकाश लिम्बूले बताउनुभयो । 

पुल बनेपछि सो सडकखण्डबाट ओख्रे, सुदाप, फाक्चामारा, पञ्चकन्या, हमरजुङ, आङ्दिमलगायत गाउँका बासिन्दा लाभान्वित हुनेछन् । हाल यहाँका बासिन्दा सिधुवा–शुक्रबारे सडक भएर पूर्वी तराई र सदरमुकामतर्फ आवतजावत गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या