असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा पश्चिम नेपालकै पहिलो अत्याधुनिक प्रयोगशाला सञ्चालनमा

४ असार २०७४, आईतवार ०४:१८


असार ४, दाङ | पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । 

प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गर्नुभयो । 

चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर गर्न नसक्ने अवस्था भएमा बिरामीकोसमेत निःशुल्क रगत परीक्षणको व्यवस्था गर्ने सञ्चालकले जानकारी दिएका छन् । 

अत्याधुनिक प्रविधिका मेसिन जडित सो प्रयोगशालामा बिरामीको अवस्थालाई ध्यानमा राखी घरमै गएर नमुना सङ्कलन गर्ने र अनलाइनबाट रिपोर्ट पठाउने समेत व्यवस्था गरिएको छ । त्यसका लागि अतिरिक्त शुल्क लिइने छैन । 

प्रयोगशालामा हर्मोनको परीक्षण, भिटामिनको परीक्षण, क्यान्सर परीक्षण तथा सरुवा रोगको सङ्क्रमणका विषयमा समेत परीक्षण गरिनेछ भने सातामा दुईपटक वायप्सीसमेत परीक्षण हुने ल्याबका सञ्चालक प्रकाश न्यौपानेले जानकारी दिनुभयो । 

रु एक करोड २५ लाखको लगानीमा सातजना व्यक्तिले प्रयोगशाला सञ्चालनमा ल्याएका छन् भने त्यसमा ११ जना स्थानीय प्राविधिकले रोजगारीसमेत पाएका छन् । 

सो ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सामान्य जाँचदेखि विशेष प्रकारका बिरामीका लागि आधुनिक प्रविधियुक्त प्रयोगशालामा उच्च प्रविधि, आधुनिक उपकरणसहित दक्ष जनशक्तिको समेत व्यवस्थापन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का