२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा एकल महिलाद्वारा कपडा उद्योग स्थापना

८ असार २०७४, बिहीबार १०:५५

असार ८, नवलपरासी । गैँडाकोट नगरपालिका–४ मा एकल महिलाले कपडा उद्योग स्थापना गरेका छन् । 

नारी कल्याण एकल महिला पैरवी मञ्चले एकल नारी कल्याण उद्यम केन्द्र स्थापना गरेको हो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले मङ्गलबार सो उद्योगको उद्घाटन गर्नुभयो । उहाँले उद्योगका लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्तगर्नुभयो । 

यस्तै नगरपालिकाका उपप्रमुख विष्णु कँडेलले महिला घरको चुलो चौकोमा मात्र सीमित नभई आफ्नो हक र अधिकारको पाटोमा अगाडि बढनुपर्ने बताउनुभयो । आम्दानीका स्रोत खोजी गरी आर्थिक पाटोमा सक्रिय भएर अगाडि बढ्न उहाँले महिलालाई आग्रह गर्नुभयो । 

गैँडाकोट नगरपालिकाको रु चार लाख सहयोग तथा बाँकी एकल महिलाको आफ्नै लगानीमा उक्त कपडा उद्योग सञ्चालनमा आएको हो । सो उद्योगमा हाल छजना मजदुर तथा दुई÷दुई जना बजार प्रतिनिधि र कार्यालय ब्यवस्थापकका रुपमा महिलाले रोजगार पाएका नारी कल्याण एकल महिला पैरवी मञ्चका अध्यक्ष लक्ष्मी भट्टराईले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको कपडा नवलपरासी, रुपन्देही, कपिलवस्तु र तनहुँका विभिन्न बजारमा बिक्री गरिनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ