२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सूर्यविनायक जगाती सडक अतिक्रमण हटाइँदै

९ असार २०७४, शुक्रबार ०६:१६

असार ९, भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । 

डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस्तार कार्य जनप्रतिनिधि आएपछि सुरु भएको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष किरण थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार कार्य सुरु गरेको छ । 

अरनिको राजमार्गखण्डअन्तर्गत उक्त सडक ८२ फिट रहेको र सो मापदण्ड मिचेर व्यापारीले सडक कब्जा गरेर राखेको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि स्थानीय जनप्रतिनिधि समेतको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाउन थालिएको हो । डिभिजन सडक कार्यालयले पटक पटक सडक कब्जा गरेर राखेको सामान हटाउन र टहरा भत्काउन सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि हटाउन थालिएको कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले बताउनुभयो । 

सूर्यविनायकदेखि जगाती सम्मका व्यापारीले सडकपेटी अतिक्रमण गरी राखिएका सामान हटाउन सो क्षेत्रका घरेबेटी र पसलवालाले तीन दिन समय माग गरेपछि शनिबार सम्मको समय दिइएको छ । इन्जिनियर कार्कीले भन्नुभयो, “शनिबारसम्म सडक कब्जा गरिराखेको सामग्री नहटाए आइतबार कार्यालयले सबै सामग्री उठाएर लैजान्छ, त्यसको नोक्सानको भागिदार व्यापारी आफँै हुनुपर्छ ।” 

सडकमा व्यापारीले वर्षौंदेखि बालुवा, रोडा, ढुङ्गा, डन्डी लगायतका निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदलयात्रीलाई हिँड्डुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागेको वडाध्यक्ष थापाले बताउनुभयो । 

निर्माण सामग्री र टहरा नभएका स्थानमा बिहीबारबाट सडक फराकिलो पार्न सुरु गरेको र अन्य क्षेत्रमा भने आइतबारबाट फराकिलो पार्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ