२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छत्तिस लाखको लागतमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण

९ असार २०७४, शुक्रबार ०६:५३

असार ९, कञ्चनपुर । बर्सेनि नदीले भूक्षय गर्दै आएको कञ्चनपुरका नौ स्थानमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । 

मर्सिकोर नेपालको सहयोगमा एमरेड परियोजनाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले चालु आवमा स्थानीय समुदायको सहकार्यमा जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरेको हो ।

 ३६ लाख २०४ को लागतमा ९०० मिटर जैविक र १३१ मिटर ढुङ्गा तारजालीको तटबन्ध निर्माणको कार्य गरिएको छ । जसमध्ये परियोजनाअन्तर्गत दुवाहामा रु तीन लाख ५८ हजार २२०, विचपट्टीमा रु तीन लाख ५८ हजार २२०, पर्सियामा रु २० लाख १८, तिलकिमा रु तीन लाख ५८ हजार २२०, पिपलाडीमा रु चार लाख १८ हजार २२० र कृष्णपुरको कटानमा रु दुई लाख १८ को लागतमा जैविक तटबन्ध निर्माण गरिएको परियोजनका अधिकृत महेश घिमिरेले बताउनुभयो । जसबाट प्रत्यक्ष रुपमा चार हजार बढी परिवार लाभान्वित भएका छन् । 

यसैगरी, दुवाहामा ४८ मिटर लम्बाइको रु नौ लाख २४ हजार ६२६, सिकलपट्टीमा ४८ मिटर लम्बाइको रु पाँच लाख ८५ हजार ९४५ र सत्यालफाँटामा ३५ मिटर लम्बाइको रु एक लाख ९६ हजार ७१५ को लागतमा ढुङ्गा तारजालीको तटबन्ध निर्माण गरिएको अधिकृत घिमिरेले बताउनुभयो । 

दोदा, बनहरा र सनवोरा नदीमा निर्माण गरिएका जैविक तटबन्ध र ढुङ्गा तारजालीको तटबन्ध निर्माणका लागि परियोजनाले रु २० लाख २३ हजार ५६९, समुदायको रु सात लाख ९० हजार ७०४, स्थानीय तहको रु दुई लाख ६० हजार १३० र अन्य सहयोगी संस्थाको रु पाँच लाख २५ हजार ७९९ रकम सहयोग रहेको छ । जैविक र ढुङ्गा तारजालीको तटबन्ध निर्माण भएपछि बर्सेनि जग्गा कटानको समस्याबाट पीडित रहँदै आएका बासिन्दाको जग्गाको सुरक्षा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ