२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा लक्षित वर्गको बजेट प्रतीक्षालयमा

२०७४, १२ असार सोमबार ०६:२५

नन्दराम जैशी/असार १२, जुम्ला । जुम्ला तातोपानी गाउँपालिका दुई जर्मिगाँउमा निर्माण भएको प्रतीक्षालयमा लक्षित बर्गको बजेट खर्च गरीएपछि लक्षित बर्गका ब्यक्तिले असन्तुष्टी पोखेका छन् । लक्षित वर्गको लागि छुट्याइएको बजेट उनिहरुको क्षमता अभिबृद्धि तथा शसक्तिकरणका लागि खर्च नगरी प्रतीक्षालय निर्माणमा खर्च गरीएपछि उनिहरु असन्तुष्ट भएका हुन् । 

लक्षित वर्ग अन्र्तगत तातोपानी गाउँपालिका दुई मा रहेका दलित, एकल महिला, अपांग र बालबालिकाहरुको क्षमता बृद्धि तथा शसक्तिकरणको लागि छुट्याइएको एक लाख पैसठी हजार रकम सबै प्रतीक्षालय निर्माणमा खर्चभएपछि एकल महिला जिरा दमाईले रकम दुरुपयोग भएको गुनासो गर्नुभयो । 

उहाले भन्नुभयो, गाँउको अगुवाइ गर्नेले लक्षीत बर्गको बजेट प्रतीक्षालय निमार्णमा खर्च गरे, म जस्तै एकल महिलाहरु आफ्नो क्षमता बृद्धि तथा सशक्तिकरण गर्नबाट बञ्चित भयौ । देशमा नितिगत तथा राजनितिक परिवर्तनसँगै जति राम्रा कार्यक्रम आएपनि ग्रामिण भेगमा जान्ने सुन्नेकै हालि मुहाली छ, कार्यक्रम सम्बन्धीत लक्षीत बर्गसम्म पुग्दैन, विभिन्न बाहानामा बिचमै टाकन टुकन पारेर खान्छन् उहाले बताउनुभयो । 

सोहि वडाका अपांगगता ब्यक्ति हस्त बुढाले भन्नुभयो, गाँउमा राजनीतिक दलहरुका प्रतिनिधिहरुको अगुवाईमा निमार्ण समिति गठन गरी लक्षित वर्गको रकम विकासे काममा धमाधम खर्च भैरहेको छ । हाम्रो कुरा कसैले सुन्दैनन् र लागुपनि हुदैन । 

अघिपछि लक्षीत बर्गको बजेट के कति छ भन्ने कसैलाइ थाँहा हुदैन तर अन्तमा असारे विकासको रन्कोले लक्षित वर्गको बजेट समेत विकास निमार्णका कार्यमा खर्च गर्ने प्रबृति पहिलेदेखि बसेकोले यो हटाउन मुस्कील रहेको उहाको भनाइ छ । 

स्थानिय तेजेन्द्र बहादुर रावलका अनुसार गाँउमा जुन प्रयोजनका लागि बजेट निकासा हुन्छ, सोही शिर्षकमा खर्च नहुने बताइएको छ । जुम्लामा लक्षीत बर्गका लागि छुट्याइएको बजेट कँहा, कति र कसरी खर्च भैरहेको छ भन्ने बिषयमा न त प्रभावकारी अनुगमन हुन्छ न त कसैलाइ जानकारी नै । 

लक्षीत बर्गको बजेट गुमनाममा राखेर खर्च गर्ने प्रबृतिको अन्त्य हुनुपर्ने भन्दै जुम्लाका लक्षित वर्गका ब्यक्तिहरुले विरोध जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न