महेन्द्र जिसी 

पर्वत । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी 

पर्वत । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयो"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतमा सांसद क्षेत्र विकास कोषबाट सञ्चालित आयोजनाहरुमा डुब्लिकेशन

२२ असार २०७४, बिहीबार १०:०२

महेन्द्र जिसी 

पर्वत । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयोजनाहरुमा डुब्लीकेशन भएको पाइएको छ ।


निर्वाचन क्षेत्र नं २ को सांसद क्षेत्र विकास कोषको बजेट मार्फत गरीएका आयोजनाहरु डुब्लीकेशन भएको पाइएको हो । जिल्ला समन्वय समितिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, सिंचाइ तथा अन्य योजनाहरुको प्रगतिको बारेमा स्थलगत अनुगमन गरेको र अनुगमनका क्रममा यस्तो पाईएको हो । जिल्लाको दक्षिणी क्षेत्रका ३ गाउँपालिका पैंयू, महाशिला र विहादी गाउँपालिकामा विभिन्न शिर्षकमा झण्डै २ करोड रकम बिनियोजन गरिएको थियो । खानेपानी, सिंचाई, विद्युत विस्तार, सडक, भवन निर्माण लगायतका अधिकाँश कामहरु ५० प्रतिशत मात्र सम्पन्न भएको अनुगमन टोलिले बताएको छ । टोलि संयोजक मिना केसीले निमय विपरीत सम्बोधन गरीएको सांसदका आयोजनामा धेरै डुब्लीकेशन भएको बताउनु भयो ।

केसीले क्षेत्र नं २ सांसद विकास कोषको बजेटले खानी गाउँमा निर्माणधिन भवानी विद्यापिठको आयोजना मध्ये धेरै आयोजनाको नाम जोडाएर डुब्लीकेशन गरिएको बताउनु भयो । यसतर्फ समन्वय समितिले उचित ध्यान पुर्याउन आवश्यक रहेको केसीले उल्लेख गर्नुभयो । टोलिका अनुसार जिल्ला भू–संरक्षण, वनसँग जोडाएर सांसदको नाम पारेर काम गरेका कारण बजेट सदुपयोग नभएको बताईएको छ । त्यस्तै बाच्छा भोक्सिङ्ग, होश्राङ्गदी, सरौंखोला अन्र्तगत निर्वाचन पूर्वाधार बिषेश कार्यक्रमको ४० लाख बजेट विनियोजन भएकोमा उक्त बजेट अन्तर्गत बिग्रिएको बाटोमा नाली बनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको अनुगमनको क्रममा पाईएको छ ।


पाडेगाउँ (पैदलमार्ग) भन्ज्याङ्ग–चिलाउनेखर्क वहाकी स्वास्थचौकी, चौरासीफाँट, नयाँपोखरी आपलाय कालिगण्डकी सडकको स्तरउन्तिको लागि विनियोजित भएको ११ लाख रुपैया गेप्ताङ्ग चिउरीखाल्टा शिवपुरी बेउलीबास–सालघारी–खोरपोखराको सडकको पनि ११ लाख र भुर्तेलथोक पियाखेत, उपल्लो थोक, मर्दिखोला, सौरीकोट, समीबोट, टिकरीक, सडकमा विनियोजित १० लाख रकम सडकको स्तरउन्नती र सडक मर्मतमा खर्च भएको पाईएको हो । योजनाहरुको काम सम्पन्न गर्न उपभोक्ताहरुलाई काम भ्याईनभ्याई भएको छ ।


विषेश गरी असारे विकासमा उपभोक्ता र सरकारी अड्डा लागेका कारण अनुगमन टोलिले आँफुहरुलाई सँधै साँक्षी बनाएर बजेट सिध्याउने खेल भएको बताएको हो । योजनापुर्व र निर्माण सम्पन्न भएपछि अनुगमन गर्ने सरकारी नियम भएपनि कमचारीहरुले काम सक्काएर अनुगमन कार्य पुरा गराउने हुँदा काम सन्तोषजनक भए नभएको भन्न नसकिने अवस्थामा रहेको टोलि संयोजक कृष्ण पराजुलीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ