१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से दोहोरो अंकले घट्दा,कम्पनीको सेयर मूल्य बढेको छ

२९ जेष्ठ २०८२, बुधबार १५:३५

काठमाडौँ  | बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ। यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

मंगलबार १० अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो। आज ३०७ वटा धितोपत्रको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ। यसदिन बुटवल पावर, पियोर इनर्जी र श्री सिनर्जी पावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७६२ रूपैयाँ १० पैसा र ७४९ रूपैयाँ ८० पैसा र ४२८ रूपैयाँ ६० पैसा पुगेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १८ रूपैयाँमा झरेको छ।यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २०० रूपैयाँ कायम भएको छ। बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ८४९ रूपैयाँ ८० पैसामा ६१ करोड ५७ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँ १० पैसामा ६९ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार