चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्ल"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा यसरी वन्छ ‘मिरमिरे जल’

२०७४, १८ भाद्र आईतवार ११:४४


चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्लुङमा प्रशोधित हुने पानीको प्रयोग गरेमा पानीजन्य रोगहरुवाट वच्न सजिलै सकिन्छ । ७० प्रतिशत पानी सम्बन्धीका रोगवाट सुरक्षित राख्ने मिनिरल वाटर प्रति कार्टुन २ सय रुपैयाँमा खोटाङका विभिन्न स्थानमा ठूलो मात्रामा विक्री वितरण हुन्छ । कार्टुनमा १ लिटरवला १२ वोतल पानी रहेको हुन्छ । 

खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जल हामीले पिएका मात्रै छौ तर ! कसरी वन्छ भन्ने बुझेका छैनौ । दिक्तmेल, हलेसी, जयरामघाट मुख्य व्यापरिक केन्द्र रहेको पानी उधोगमा रहेका मेसिनमा विभिन्न चरण पुरा गरेर शुद्ध पानी वन्ने गर्दछ । प्राकृतिक मुहानवाट ट्याङकीमा जम्मा हुने पानी रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको फिल्टर गर्ने काम स्याण्ड भेजल मेसिनले गरेपछि कार्वन भेजलमा गएर पुन ः फिल्टरगरी सफ्टनर भेजल मेसिनमा पठाउँने काम गर्ने खोटाङ अक्वा मिनिरल वाटर उधोगका प्रोपाईटर फुर्वा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार सफ्टनर भेजलमा आईसकेपछि नै पानी पिउनयोग्य हुन्छ । व्लु हाउजिङमा फिल्टर भएर आरओ सिष्टममा हुंदै आएको पानी २ वटा मेम्व्रेनमा जाने गर्दछ । मेम्व्रेन मेसिनले पुर्णतया शुद्ध बनाई सफा र फोहोर पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी ¥यापिङ गरेपछि पानी तयार हुन्छ ।

कसरी वन्छ वोतल

खोटाङकै ईतिहासमा खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा उत्पादित ‘मिरमिरे जल’ सप्लाईका लागि आवाश्यक वोतलसमेत उधोगमा बन्ने गर्दछ । लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयातगरी उधोगमा आवाश्यक अनुसारको वोतल बनाईने गरिन्छ । 

उधोगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिने मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए । 

उधोगलाई यस्तो छ समस्या  

२०७१ सालमा कम्पनी दर्तागरी खोटाङ अक्वा मिनिरल वाटर उधोग सञ्चालन भईरहेका भए पनि समस्याका वावजुद काम गर्नु परेको उधोगको भनाई छ । शुद्ध पानी पिउनु भनेको निरोगी हुनु र पानीवाट सर्ने रोगको निर्मुलनगरी एक हिसावले राज्यलाई योगदान गरिएको तर राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाएको उधोगका सञ्चालक फुर्वाको भनाई रहेको छ । 

उधोग सञ्चालनका लागि हाई भोल्टेज विधुत आवाश्यक हुने र विधुतका लागि पटकपटक विधुत कार्यलयलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उहाँको भनाई छ । जेनेरेटरवाट काम चलाईरहेका उधोगका लागि दिगो विधुत पहल गरिदिन प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलसमक्ष अनुरोध गरिएको र उहाँले लिखितरुपमा विधुत कार्यलयलाई पत्रचार गरेको आश्स्वसन दिनु भएको छ । वजारमा पानीको मागसंख्या वढ्दै जादा माग पुरा गर्न उधोगलाई ऊर्जाको अभाव हुने गरेको छ ।  

माथिको तश्विरमा: मिरमिरे जलका प्रोपाइटर फुर्वा शेर्पा पानी प्रशोधित प्रक्रिया बताउँदै | तस्विर, चिसाङ शेर्पा | सास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो