चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्ल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा यसरी वन्छ ‘मिरमिरे जल’

१८ भाद्र २०७४, आईतवार ११:४४


चिसाङ शेर्पा | भदौ १८, खोटाङ | खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेल २ वातल हुर्लुङमा प्रशोधित हुने पानीको प्रयोग गरेमा पानीजन्य रोगहरुवाट वच्न सजिलै सकिन्छ । ७० प्रतिशत पानी सम्बन्धीका रोगवाट सुरक्षित राख्ने मिनिरल वाटर प्रति कार्टुन २ सय रुपैयाँमा खोटाङका विभिन्न स्थानमा ठूलो मात्रामा विक्री वितरण हुन्छ । कार्टुनमा १ लिटरवला १२ वोतल पानी रहेको हुन्छ । 

खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जल हामीले पिएका मात्रै छौ तर ! कसरी वन्छ भन्ने बुझेका छैनौ । दिक्तmेल, हलेसी, जयरामघाट मुख्य व्यापरिक केन्द्र रहेको पानी उधोगमा रहेका मेसिनमा विभिन्न चरण पुरा गरेर शुद्ध पानी वन्ने गर्दछ । प्राकृतिक मुहानवाट ट्याङकीमा जम्मा हुने पानी रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको फिल्टर गर्ने काम स्याण्ड भेजल मेसिनले गरेपछि कार्वन भेजलमा गएर पुन ः फिल्टरगरी सफ्टनर भेजल मेसिनमा पठाउँने काम गर्ने खोटाङ अक्वा मिनिरल वाटर उधोगका प्रोपाईटर फुर्वा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार सफ्टनर भेजलमा आईसकेपछि नै पानी पिउनयोग्य हुन्छ । व्लु हाउजिङमा फिल्टर भएर आरओ सिष्टममा हुंदै आएको पानी २ वटा मेम्व्रेनमा जाने गर्दछ । मेम्व्रेन मेसिनले पुर्णतया शुद्ध बनाई सफा र फोहोर पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी ¥यापिङ गरेपछि पानी तयार हुन्छ ।

कसरी वन्छ वोतल

खोटाङकै ईतिहासमा खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा उत्पादित ‘मिरमिरे जल’ सप्लाईका लागि आवाश्यक वोतलसमेत उधोगमा बन्ने गर्दछ । लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयातगरी उधोगमा आवाश्यक अनुसारको वोतल बनाईने गरिन्छ । 

उधोगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिने मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए । 

उधोगलाई यस्तो छ समस्या  

२०७१ सालमा कम्पनी दर्तागरी खोटाङ अक्वा मिनिरल वाटर उधोग सञ्चालन भईरहेका भए पनि समस्याका वावजुद काम गर्नु परेको उधोगको भनाई छ । शुद्ध पानी पिउनु भनेको निरोगी हुनु र पानीवाट सर्ने रोगको निर्मुलनगरी एक हिसावले राज्यलाई योगदान गरिएको तर राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाएको उधोगका सञ्चालक फुर्वाको भनाई रहेको छ । 

उधोग सञ्चालनका लागि हाई भोल्टेज विधुत आवाश्यक हुने र विधुतका लागि पटकपटक विधुत कार्यलयलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उहाँको भनाई छ । जेनेरेटरवाट काम चलाईरहेका उधोगका लागि दिगो विधुत पहल गरिदिन प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलसमक्ष अनुरोध गरिएको र उहाँले लिखितरुपमा विधुत कार्यलयलाई पत्रचार गरेको आश्स्वसन दिनु भएको छ । वजारमा पानीको मागसंख्या वढ्दै जादा माग पुरा गर्न उधोगलाई ऊर्जाको अभाव हुने गरेको छ ।  

माथिको तश्विरमा: मिरमिरे जलका प्रोपाइटर फुर्वा शेर्पा पानी प्रशोधित प्रक्रिया बताउँदै | तस्विर, चिसाङ शेर्पा | सास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ