२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरका बासिन्दा लघु उद्यममा स्वरोजगारतर्फ आकर्षण

२३ भाद्र २०७४, शुक्रबार १०:४०

भदौ २३, ललितपुर। शहरी गरिबीको अवस्थामा रहेका ललितपुर महानगरपालिकाको मंगलबजार क्षेत्र वरपरका कतिपय वासिन्दा विभिन्न आयमूलक व्यवसायमार्फत स्वरोजगार बन्न लागेका छन् । 

महानगरपालिकाको सहयोग तथा समन्वयमा सशक्तीकरण समाज (स्टेप) नेपालद्वारा सञ्चालित सहरी गरिबउन्मुख पर्यटन पुनरुत्थान परियोजनाले मंगलबजार र वरिपरिका क्षेत्रहरु वडा नं. ११, १६ र २० का १२१ जना स्थानीय व्यक्तिलाई विभिन्न तालिम प्रदान गरेपछि उनीहरु व्यवसायतर्फ आकर्षित भएका हुन् । 

शहरी गरीबलाई लक्षित गरी परियोजनाले नेपाली कागजबाट उत्पादित सामग्री, क्रिस्टलबाट निर्मित सामग्री, झोला र पर्स, नेपाली संस्कृति झल्काउने टिर्सट प्रिन्ट, सेरामिक्सवाट निर्मित सामग्री, काठका बुट्टेदार सजावट सामग्री, ऊनीका सामग्रीहरु, अर्गानिक हर्बल चिया, सिस्नो पाउडर आदि पर्यटनजन्य सामग्री उत्पादनसम्बन्धी छ महिनाको तालिम प्रदान गरेको थियो । 

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा नं ११ का वडाध्यक्ष इन्द्रमान महर्जनले सहभागीहरुले उत्पादन गरेका सामानलाई बजारीकरणमा महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

सो अवसरमा पर्यटनविज्ञ रविजंग पाण्डेले उनीहरुले बनाएका समानहरुमा गुणस्तर बढाएर पर्यटकीय सम्पदा मार्गमा बिक्री प्रवद्र्धन गर्नसके राम्रो लाभ लिन सकिने धारणा राख्नुभयो । 

कार्यक्रमका सभापति तथा स्टेप नेपालका अध्यक्ष दलबहादुर जिसीले सहभागीहरुबाट उत्पादित सामग्रीहरुको बजारीकरण गर्न सकिएमा तालिमको सार्थकता हुने बताउनुभयो । सो अवसरमा सहभागीहरुले बनाएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । 

स्थानीयस्तरमा उत्पादन नभए पनि कच्चा पदार्थ अन्यत्रबाट ल्याएर ती सामग्रीमा विशेष सीप र कला देखाई पर्यटकले रुचाउने खालका आकर्षक र ठीक साइजका बनाउने र घरमै बसीबसी पनि अतिरिक्त आम्दानी गर्न सकिने उहाँको भनाइ थियो । 

परम्परागत स्थानीय कला विशेषतः घरेलु हस्तकलाका सामग्रीहरु उत्पादन र बिक्री गर्ने पर्यटकीय थलोको रुपमा चिनिएको मगंलबजार क्षेत्रमा यस तालिमले ललितपुर महानगरपालिकाका चारवटै वडाका स्थानीय बेरोजगार, अर्धवेरोजगार युवायुवती एवम् गृहिणीलाई विभिन्न प्रकारका पर्यटन सम्बद्ध क्रियाकलापमा संलग्न गराउने उद्देश्यले परियोजनाले क्षमता अभिवृद्धिमा जोड दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण